१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
२७ माघ, काठमाडौं ।
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन भएको छ । शैली थिएटर रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा एक हप्ता लामो महोत्सवको आज समुद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कवि, नाटककार साहित्यकार एलबि क्षेत्रीले,“नाटक विधालाई महत्त्वपूर्ण रूपमा लिनु आवश्यक रहेको बताए । “उनले,“नाटकको इतिहास ऐतिहासिक रहेको र यसलाई यथार्थता परक बनाउन सधैं सबै पक्ष समेटसनुपर्ने बताए ।

उनले नाटकको विधा नै यस्तो हो जस्ले सधैं जीवन्तता प्रदान गर्ने बताउदैँ सशक्त र अनुकरणीय भुमिका निर्वाह गरिरहेको बताए । उनले, नाटकका पात्रहरू सधैं जिवित रहने भएकाले बाल नाटकलाई शिक्षाको स–शक्त माध्यमका रूपमा प्रस्र् मञ्चलाई आफ्नो सपना प्रस्तुत गर्ने लक्ष्य राख्नु आवश्यक रहेको बताए। बाल नाटक महोत्सवका संयोजक महेश पौडेलले, सरकारी निकायले नाटक विधालाई महत्त्वपूर्ण रूपमा नहेरे सम्म यस्को विकास नहुने बताए । उनले, जीवन्त विषयवस्तुलाई वस्तुनिष्ठताका आधारमा जबसम्म नियालिदैन तबसम्म यस्को वृद्धि विकास हुनेमा शंका रहेको बताए ।

त्यस्तै, रूसी सदन काठमाडौँका डिरेक्टर अनास्थासिया खोकोलोभाले, यो वर्षका लागि नाटक महोत्सव निकै अर्थपूर्ण रहेको बताउँदै, नेपाल र रसियाको कुटनैतिक सम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको सन्दर्भले झनै महत्त्वपूर्ण बनाएको बताइन् । उनले, अब आउने वर्षहरूमा पनि यस्तै कार्यक्रम निरन्तर हुने बताउदैँ उनले । नाटक महोत्सवले निकै वर्षदेखि यो परियोजनालाई जिवन्तता दिने बताइन् । त्यस्तै उद्घाटन सत्रमा दुईवटा नाटकहरू हामी एउटै हौँ र पार्वती प्रस्तुत गरिएको थियो । जसमा ‘हामी एउटै हौँ’ प्रतियोगि नाटक हो भने, “पार्वती“ अप्रतियोगी नाटक हो । त्यस्तै, कार्यक्रममा शान्तदास मानन्धर पुरस्कार राम बाबु सुवेदीलाई प्रदान गरिएको थियो भने । १८ वटा नाटकहरू प्रस्तुत हुनेछन् । नगद सहित ट्रफी र पुरस्कारहरू प्राप्त गर्नेछन् । महोत्सव आगामी फागुन २ गतेसम्म सञ्चालन हुने छ ।




Post Comment