कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १८, २०८२
|
|
२७ पटक हेरिएको
Shares
कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै

सारांश

  • नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज आइतबार जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्।
  • जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
  • परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आज राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गर्नेछन्।

१८ माघ, काठमाडौं ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज आइतबार जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आज राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी उनी माघ २१ गते अपराह्न ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा माघ १९ गते जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवसम्बन्धी विशेष समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। त्यसैगरी माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राष्ट्रपति पौडेलको राजकीय शिष्टाचार भेट तय गरिएको छ। सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि राष्ट्रपति पौडेलको भेटवार्ता हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणकै क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेट हुनेछ। यस भ्रमणका दौरान राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको अन्तरक्रियामा सहभागी हुनेछन् भने जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उपस्थित हुने कार्यक्रम छ। राष्ट्रपति पौडेलसँगै उनकी धर्मपत्नी सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमण टोलीमा सहभागी हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
नव निर्वाचित सभापति रामहरि खतिवडाले आज शपथ ग्रहण गर्दै
नव निर्वाचित सभापति रामहरि खतिवडाले आज शपथ ग्रहण गर्दै
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
वेदविद्याश्रमका विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य, सुधारको माग
वेदविद्याश्रमका विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य, सुधारको माग
सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु
सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु
राप्रपाले आज पनि गर्‍यो संसद बहिष्कार
राप्रपाले आज पनि गर्‍यो संसद बहिष्कार
आजदेखि आमरण अनसन बस्ने डा. गोविन्द केसीको घोषणा
आजदेखि आमरण अनसन बस्ने डा. गोविन्द केसीको घोषणा