रास्वपाले फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
रास्वपाले फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
  • रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेन्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् ।
  • पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा.

१८ माघ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेन्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् । पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चुनावी वाचा पत्र सार्वजनिक गर्नेगरी तयारी गरिएको हो ।

उनले पाँच वर्षमा महत्त्वपूर्ण पाँच क्षेत्रमा काम गर्नेगरी घोषणापत्र जारी हुने उल्लेख गरिन् । जसमा जेनजीका एजेन्डालाई समेट्ने र सुशासनको विषय मुख्य मुद्दा हुने उनको भनाइ छ । अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधारको एजेन्डाका साथै सरकारमा गएको १०० दिनमा १०० वटा प्रमुख कार्यहरू गर्ने र त्यसका लागि नीतिगत सुधारका खाका सार्वजनिक गरिने धारणा राखिन् । त्यस्तै उनले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न सशक्त एवं प्रभावकारी ढंगले काम गर्नुपर्ने अवस्था रहेको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत
रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे डा.सिके राउत
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ
नख्खुबाट भागेका कैदी विराटनगरमा पक्राउ
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
संसद्‌मा गोकुलको प्रश्न- सरकारले सुन्दैन, शून्य समयको के काम ?
संसद्‌मा गोकुलको प्रश्न- सरकारले सुन्दैन, शून्य समयको के काम ?
दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव
दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि