आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ३, २०८२
|
|
११७ पटक हेरिएको
Shares
आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने

सारांश

  • आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
  • प्राधिकरणले एक सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि २ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागेको हो ।
  • काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ ।

काठमाडौं ।

आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि २ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागेको हो । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ ।

यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि विद्युत आपूर्ति बन्द लागेको छ । सूचना अनुसार बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेतमा सोही समयसम्म विद्युत आपूर्ति बन्द हुनेछ । प्राधिकरणले विद्युत आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा विद्युत आपूर्ति सुचारु हुन सक्ने प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानी पोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसनधान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो, रविलाई केही दिनपछि
छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो, रविलाई केही दिनपछि
पर्साको मुद्दा विलम्ब गरिएको भन्दै रवि लामिछाने असन्तुष्ट
पर्साको मुद्दा विलम्ब गरिएको भन्दै रवि लामिछाने असन्तुष्ट
ऊर्जामन्त्री घिसिङ र युरोपेली संघका राजदूतबीच भेट, के भयो कुराकानी ?
ऊर्जामन्त्री घिसिङ र युरोपेली संघका राजदूतबीच भेट, के भयो कुराकानी ?
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’
‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’
क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने
क्यानडाविरूद्ध नेपालले पहिले बलिङ गर्ने
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही
काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही