कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

सारांश

  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • पछिल्लो समय लोकप्रिय बन्दै गएको सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि आइतबार साँझ पुगेका मुख्यमन्त्री कार्कीले यहाँको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले आधारभूत संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
  • प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तहको सहकार्यमा विकास अघि बढाइने उल्लेख गर्दै उनले कोशी नदीसँग जोडिएका सम्भावना र चुनौतीको पहिचान गरी प्रदेश सरकार आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको धारणा व्यक्त गरे ।

`

विराटनगर ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय लोकप्रिय बन्दै गएको सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि आइतबार साँझ पुगेका मुख्यमन्त्री कार्कीले यहाँको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले आधारभूत संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तहको सहकार्यमा विकास अघि बढाइने उल्लेख गर्दै उनले कोशी नदीसँग जोडिएका सम्भावना र चुनौतीको पहिचान गरी प्रदेश सरकार आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको धारणा व्यक्त गरे । मुख्यमन्त्री कार्कीले स्थानीय पर्यटन समितिलाई क्षेत्रका समस्या र आवश्यकताबारे लिखित रुपमा सरकारलाई जानकारी गराउन आग्रह गरे । सरकार कोशी नदीमा आधारित पर्यटन विकासको योजना बनाइरहेका स्थानीय तह र जनस्तरबाट भएको प्रचार, प्रसार तथा प्रवद्र्धन प्रशंसनीय रहेको उनको भनाइ छ । बोराबाँधको पर्यटन प्रवद्र्धनले अन्य सम्भावनायुक्त गन्तव्यलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरे । कोशी भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बोराबाँध क्षेत्रमा आवश्यक भौतिक तथा आधारभूत संरचना निर्माणमा प्रदेश सरकारको सहयोग रहने स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान
३ हजार नाघेर झर्‍यो सेयर बजार, साढे २६ अर्बको कारोबार
३ हजार नाघेर झर्‍यो सेयर बजार, साढे २६ अर्बको कारोबार
नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न नियकाबीच सहकार्य
नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न नियकाबीच सहकार्य
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा
मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव
सर्वोच्चले सच्यायो रवि र छविका विषयमा गरेको आदेश