जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २, २०८२
|
|
१०५ पटक हेरिएको
Shares
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु

सारांश

  • मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यस्थित सहर बनाउने उद्देश्यका साथ पहल सुरु गरेको छ ।
  • यसका लागि मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको अध्यक्षतामा आज (शुक्रबार) जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको संयुक्त उपस्थितिमा बैठक बसि विशेष छलफल गरिएको छ ।
  • बैठकमा जनकपुरधामको सरसफाइ, ट्राफिक व्यवस्थापन तथा धार्मिक स्थल र प्रदेश भवनको सुरक्षा सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरिएको छ ।

२ माघ, जनकपुर ।

मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यस्थित सहर बनाउने उद्देश्यका साथ पहल सुरु गरेको छ । यसका लागि मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको अध्यक्षतामा आज (शुक्रबार) जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको संयुक्त उपस्थितिमा बैठक बसि विशेष छलफल गरिएको छ । बैठकमा जनकपुरधामको सरसफाइ, ट्राफिक व्यवस्थापन तथा धार्मिक स्थल र प्रदेश भवनको सुरक्षा सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरिएको छ ।

बैठकले सबै निकायसँग समन्वय गरी वृहत सरसफाइ अभियान सञ्चालन गर्ने, जानकी मन्दिरको फोहोर व्यवस्थापनका लागि जानकी महन्थसहित गुठी व्यवस्थापनका पदाधिकारीहरूसँग छलफल गरी निकास निकाल्ने तथा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्धारण र व्यवस्थापन गर्न जनकपुर उप–महानगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिए । बैठकमा जनकपुरधामको ट्राफिक व्यवस्थापनतर्फ पार्किङका लागि निधित स्थान तोक्ने, भिडभाड बढी हुने क्षेत्रमा नो पार्किङ जोन निर्धारण गर्ने र ट्राफिक प्रहरीलाई सहयोग गर्ने सहमति भएको छ । साथै, ई–रिक्सा व्यवस्थापन, रामानन्द चोकदेखि जनक चोकसम्म वन–वे प्रणाली लागू गर्ने तथा मुख्य बजार क्षेत्र र पेठिया बजारमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय, धनुषासँग समन्वय गर्न अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता पालले बताए । त्यस्तै सुरक्षा व्यवस्थापन अन्तर्गत मुख्य मठ मन्दिर तथा संवेदनशील स्थानमा सीसीटिभी जडान तथा मर्मत कार्य गृह, सञ्चार तथा कानुन मन्त्रालयमार्फत व्यवस्था मिलाउने, रंगरोगन, सरसफाइ र सौन्दर्याकरणका लागि आवश्यक बजेट प्रस्ताव गर्ने समेत निर्णय भएको प्रवक्ता पालले जानकारी दिए । त्यसैगरी, प्रदेश भवनभित्रको सुरक्षा व्यवस्थापनका लागि प्रदेश सुरक्षा समिति द्वारा गठित मधेश भवन सुरक्षा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष प्रचण्डले गरे नयाँ क्रान्तिकाे उद्घोष, कुनै तागतले रोक्न नसक्ने चेतावनी
अध्यक्ष प्रचण्डले गरे नयाँ क्रान्तिकाे उद्घोष, कुनै तागतले रोक्न नसक्ने चेतावनी
धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ
धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ
प्रहरी चौकी तोडफोड र आगजनी गर्ने २ जना समातिए
प्रहरी चौकी तोडफोड र आगजनी गर्ने २ जना समातिए
उदयपुरमा एक हजार १४३ किलो गाँजासहित दुई महिला पक्राउ
उदयपुरमा एक हजार १४३ किलो गाँजासहित दुई महिला पक्राउ
असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने