Press 4K
आइतबार, ९ कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
४० पटक हेरिएको
Shares
जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सके जनताको विश्वास जित्न सक्ने बताएका छन् ।
  • बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले सबैको साझा भएर मन जितेर अगाडि बढ्नुपर्ने भन्दै पार्टीलाई सिंगो नेपालको एकताको एउटा अभियन्ताका रुपमा अगाडि बढाउनुपर्ने बताए ।
  • उनले भने, ‘हामी एकल काँटे भएर जाने होइन, सबैको साझा भएर मन जितेर अगाडि बढ्ने हो ।

 

३० पुस, काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सके जनताको विश्वास जित्न सक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले सबैको साझा भएर मन जितेर अगाडि बढ्नुपर्ने भन्दै पार्टीलाई सिंगो नेपालको एकताको एउटा अभियन्ताका रुपमा अगाडि बढाउनुपर्ने बताए ।

उनले भने, ‘हामी एकल काँटे भएर जाने होइन, सबैको साझा भएर मन जितेर अगाडि बढ्ने हो । सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सक्यौँ भने हामी नेपाली जनताको विश्वास जित्न सक्छौँ । सिंगो नेपालको एकताको एउटा अभियन्ता भएर अगाडि बढ्न सक्छौँ ।’ यस्तै, उनले पुराना दल र नेताप्रति नकारात्मक अभियान चलाइएको भन्दै त्यसको सामना गर्न पनि आवश्यक भएको बताए । मुलुकको संविधान, संघीयता र गणतन्त्र संकटमा परेको पनि उनको भनाई छ । उनले भने, ‘अहिले पनि मुलुकले संकटको सामना गरेको छ । यस्तो बेला मुलुकको संविधान र संघीयता के हुने हो, गणतन्त्रको अवस्था के हुने हो भन्ने चिन्ता व्याप्त थियो । अहिले पनि पुराना दल भनेर, पुराना नेता भनेर जसरी नकारात्मक अभियान चलाइएको छ । त्यसको पनि हामीले सामना गर्नुपर्ने आवश्यकता पर्छ । राम्रो र नराम्रोलाई एउटै ठाँउमा राख्ने, नेताहरु असल पनि हुन्छन् । त्यसकारण सबै नेता एउटै हुन् र सबै पार्टी उस्तै हुन् भन्ने जुन प्रचार भएको छ । यसको पनि जवाफ दिनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...