१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष फेला

सारांश

  • १८ महिनाअघि सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष नदी किनारमा गाडिएको अवस्थामा फेला परेको छ।
  • मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९, स्थित सिमलतालमा भएको दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का (डिस्ट) र केही टिनका भाग फेला परेका हुन्।
  • आइतबार (आज) बिहान नदीमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसको केही भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए।

२७ पुस, भरतपुर ।

१८ महिनाअघि सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष नदी किनारमा गाडिएको अवस्थामा फेला परेको छ। मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९, स्थित सिमलतालमा भएको दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का (डिस्ट) र केही टिनका भाग फेला परेका हुन्। आइतबार (आज) बिहान नदीमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसको केही भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अवशेषको पुष्टि गर्दै खोतल्ने काम सुरु गरेको छ। चितवन प्रहरीका प्रवक्ता रवीन्द्र खनालका अनुसार गाडिएको अवस्थामा फेला परेको बस गत वर्ष पहिरोले बगाएको बस नै हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ। आवश्यक प्राविधिक परीक्षण र प्रमाणका आधारमा पहिचान गरिने उनले बताए। २०७१ असार २८ गते बिहान करिब ३ बजे सिमलतालमा लेदोसहितको पहिरो खस्दा दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। दुर्घटनामा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस परेका थिए। दुर्घटनाका समयमा दुईवटा बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये तीन जना घाइते अवस्थामा उद्धार भएका थिए भने ११ जनाको शव फेला परेको थियो। बाँकी ५१ जना यात्रु हालसम्म बेपत्ता छन्। बस र यात्रुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भारतबाट समेत गोताखोर परिचालन गरिएको थियो। लामो समयको खोजीपछि पनि बस फेला नपरेपछि खोजी स्थगन गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेतृत्व लिन तयार छु : सभापति देउवा
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेतृत्व लिन तयार छु : सभापति देउवा
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज
सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता
सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता
  आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
  आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य
कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा
कोशी नाम खारेजीको मागसहित विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्तिको विरोधसभा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय
नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रभावकारी बनाऔँः सभापति यादव
नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रभावकारी बनाऔँः सभापति यादव