प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ७, २०८२
|
|
१३८ पटक हेरिएको
Shares
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु

सारांश

  • मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा सोमबारदेखि आन्दोलन सुरू गरेको छ ।
  • प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।
  • प्रदर्शनका क्रममा राजीनामा माग गर्दै नाराबाजी गर्ने केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

काठमाडौं ।

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा सोमबारदेखि आन्दोलन सुरू गरेको छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन उनीहरुले आन्दोलन सुरु गरेका हुन् । प्रदर्शनका क्रममा राजीनामा माग गर्दै नाराबाजी गर्ने केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । आन्दोलनका अगुवा ढुंगाना समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमा ढुङ्गानाले अहिले कै अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने भन्दै त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठूलो उपलब्धि ठान्न नमिल्ने बताए ।

त्यस्तै उनले देशलाई निकास नदिई,जेनजीको माग पूरा नगरी निर्वाचन गर्नुको कुनै औचित्य नरहेको धराणा राखे । आन्दोलनमा डा.निकोलस भूसालको समूह पनि सहभागिता रहेको छ । प्रदर्शनका क्रममा भुसाललगायत केही जेनजीहरूलाई पनि प्रहरीले नियन्त्रणमा समेत लिएको छ । आन्दोलनकारीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग अघि सार्दै ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ नारा लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ
धनुषामा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
पासपोर्ट छपाइ टेन्डरबाट बाहिरियो अमेरिकी कम्पनी, फ्रान्स र जर्मनीका कम्पनीबीच प्रतिस्पर्धा
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
मधेशको सवालमा सधै लडि रहने छु: राजेन्द्र महतो 
मधेशको सवालमा सधै लडि रहने छु: राजेन्द्र महतो 
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
दाङको तुलसीपुरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
च्यासलमा एमाले सचिवालय बैठक
च्यासलमा एमाले सचिवालय बैठक