नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २६, २०८०
|
|
२९ पटक हेरिएको
Shares
नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?

सारांश

  • नेपाल प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको छ ।
  • यसैगरी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ ।
  • खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने आज सार्वजनिक सूचनामा उल्लेख छ ।

२६ माघ, काठमाडौं । नेपाल प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको छ ।

यसैगरी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ । खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने आज सार्वजनिक सूचनामा उल्लेख छ । प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो । दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ । जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउन सकिन्छ ।

खेलाडीहरुका लागि भने काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्र दरखास्त फारम बुझाउनु पर्ने छ । यसैगरी गत कात्तिक ३ गते भर्ना खुलेको प्रहरी सहायक निरीक्षक (असई) पदमा १०५ जना थपिएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
बूढानीलकण्ठमा घर भाडा लिएर अभौतिक मुद्रा कारोबार, ११ भारतीय समातिए
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
नारायणी अस्पतालमा आकस्मिक सेवासमेत बन्द
नारायणी अस्पतालमा आकस्मिक सेवासमेत बन्द
उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान
उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
शीर्ष–२ मा पुग्न मुम्बई र पञ्जाबबीच कडा प्रतिस्पर्धा, कुन टिम छ बलियो ?
शीर्ष–२ मा पुग्न मुम्बई र पञ्जाबबीच कडा प्रतिस्पर्धा, कुन टिम छ बलियो ?
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी
सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी
डा. रञ्जित पञ्जियार रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस
डा. रञ्जित पञ्जियार रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस