एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

सारांश

  •   नेपाल प्रिमियर लिग दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ।
  • कप्तान रोहित पौडेलको ह्याट्रिक विकेट लिएपछि लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सबाट ८६ रनको सामान्य लक्ष्य पाएको हो।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४ बल अगावै ८५  रन बनाउँदा अलआउट भयो।

 

२७ मंसिर, काठमाडौं । 

नेपाल प्रिमियर लिग दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ। कप्तान रोहित पौडेलको ह्याट्रिक विकेट लिएपछि लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सबाट ८६ रनको सामान्य लक्ष्य पाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४ बल अगावै ८५  रन बनाउँदा अलआउट भयो। जारी एनपीएलमा बनेको यो सबैभन्दा कम योगफल हो।

लगातार दोस्रो पटक उपाधि नजिक पुगेको सुदूरपश्चिम उपाधि उचाल्न चाहान्छ। तर फाईनलमा सुदूरपश्चिमले सिजन कै खराब प्रदशर्न गरेको छ। सुदूरपश्चिमले पावर प्लेमा ३ विकेट गुमाएर मात्र २० रन बनाएको थियो। सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिए। रोहितले एघारौ ओभरको चौथो बलमा दिपेन्द्र सिंह ऐरिलाई १३ रन बनाउँदा रुवेन ट्रम्पलम्यानको हातबाट क्याच आउट गराए। सोही ओभरको पाचौं बलमा दिपक बोहोरालाई शून्य रनमा नै सन्दीप जोराको हातबाट क्याच आउट गराए। अन्तिम बलमा पुनित मेहरालाई शुन्य रनमा ने एलबीडब्लु धरापमा पार्दै ह्याट्रिक विकेट लिएका हुन्। जारी एनपीएलमा ह्याट्रिक विकेट लिने रोहित दोस्रो खेलाडी हुन्। यसअघि काठमाडौंका साहब आलमले पोखरा एभेन्जर्सविरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट झारेका थिए।

शेर मल्लले तीन विकेट आफ्‌नो नाममा गरे। शेरले सुदूरपश्चिमका आरिफ शेख, हरमित सिंह र ईसान पाण्डेलाई आउट गरे।  रुवेनले तिन  विकेट आफ्‌नो नाममा गरे। रुवेनले पहिलो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारीलाई शुन्य रनमा नै पेभेलियनको बाटो देखाए। तेस्रो ओभरको तेस्रो बलमा सेल्डन ज्याक्सनलाई एक रन बनाउँदा एलबीडब्लू धरापमा पारे। तिलक भण्डारीले एक विकेट झारे।  सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले ५१ बलमा १ चौका सहयोगमा बनाएको ३३ रन नै सर्वाधिक रह्यो।  कप्तान दिपेन्द्र सिंह ऐरिले १३ र हरमित सिंह र स्कट कुग्लेजिनले समान १० रन थपे। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्‌। लुम्बिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीहरुको प्रदर्शनमा भएको दमन र धरपकडको विरोध
जेनजीहरुको प्रदर्शनमा भएको दमन र धरपकडको विरोध
नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी
नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
सिंहदरबार पूर्णरूपमा जेनजीको कब्जामा
सिंहदरबार पूर्णरूपमा जेनजीको कब्जामा
ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ
ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
६ वटा संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?
ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट