समानुपातिक निर्वाचन: १ सय दलले पाए ९३ वटा चुनाव चिह्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
समानुपातिक निर्वाचन: १ सय दलले पाए ९३ वटा चुनाव चिह्न

सारांश

  • आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ।
  •   आयोगमा दर्ता भएका राजनीतिक दललाई शुक्रबार चुनाव चिह्न प्रदान गरिएको हो।
  • सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समय दिएर समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन माग गरिएको थियो।

२७ मंसिर, काठमाडौं ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ।  आयोगमा दर्ता भएका राजनीतिक दललाई शुक्रबार चुनाव चिह्न प्रदान गरिएको हो। सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समय दिएर समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन माग गरिएको थियो।  समानुपातिक निर्वाचन प्रणालीतर्फ १०० दलले आवेदन दिएका भएपनि दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्नमा भाग लिने गरी आवेदन दिएकाले कूल ९३ वटा निर्वाचन चिह्न कायम भएको आयोगले जनाएको छ।

आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त गरेको समानुपातक मतका आधारमा क्रमसङ्ख्या र निर्वाचन चिह्न प्रदान गरिएको जनाएको छ। अन्यका हकमा दर्ताका आधारमा चिन्ह प्रदान गरिएको हो। आयोगले पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको छाता, सातौँमा लाउड स्पिकर चुनाव चिह्न निर्धारण गरेको छ। त्यसैगरी समानुपातिकतर्फ पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसियालगायतका चुनाव चिन्ह प्रदान गरिएको छ। नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीले एकल चुनाव चिन्ह बस प्राप्त गरेका छन्। राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल चिन्हका रूपमा चकिया (जाँतो) चुनाव चिन्ह पाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) र नेपाल कम्युनिस्ट पार्टीले कोदालो र सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले जगर भएको सिंह एकल चिन्ह पाएका आयोगले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
खोटाङका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन भएन
खोटाङका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन भएन
यातायात कार्यालय पाल्पामा राजस्व संकलन वृद्धि
यातायात कार्यालय पाल्पामा राजस्व संकलन वृद्धि
रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनबाट एक वृद्धाको मृत्यु
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनबाट एक वृद्धाको मृत्यु
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
जलेश्वर अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या
जलेश्वर अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
प्रतिनिधि सभा बैठक आज पनि, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक आज पनि, यस्तो छ कार्यसूची