सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता
१९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरवार पुगेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच छलफल सुरु भएको छ । संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबिच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी सोमबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment