पिना–गमगढी सडक स्तरोन्नतिका लागि १५ करोड बढी बजेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
१८ पटक हेरिएको
Shares
पिना–गमगढी सडक स्तरोन्नतिका लागि १५ करोड बढी बजेट

सारांश

  • रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ ।
  • कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।
  • सडकको स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकहरू सजिलै गमगढी पुग्न र यहाँ एक रात बस्न सक्षम हुनेछन् ।

१७ मंसिर, काठमाडौं ।

रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।सडकको स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकहरू सजिलै गमगढी पुग्न र यहाँ एक रात बस्न सक्षम हुनेछन् । यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

गमगढीका होटल व्यवसायीहरूका अनुसार, सडक सुधारपछि यहाँ आउने पर्यटकहरूको संख्या बढ्ने र गमगढीमा बस्ने पर्यटकहरूको अवधिमा पनि वृद्धि हुनेछ । यसका कारण होटल र अन्य व्यापारिक गतिविधिमा पनि वृद्धि हुने सम्भावना छ । गमगढी बजारका व्यापारी र स्थानीय बासिन्दाहरूले कर्णाली प्रदेश सरकारको यो निर्णयलाई अत्यन्तै स्वागत गरेका छन् । उनीहरूका अनुसार, हाल पिना–ताल्चा हुँदै गमगढीसम्म यात्रा गर्नका लागि कच्ची र धुलाम्य सडकका कारण पर्यटकहरूको यात्रा असहज बन्ने गरेको छ। विशेषगरी वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुने समस्या पनि छ । गमगढी बजारको आर्थिक गतिविधिमा नयाँ उत्साह मुगु उद्योग वाणिज्य संघका अध्यक्ष मकल बहादुर बुढाले भने, “यो बजेट सहि समयमा र सहि स्थानमा आएको छ । यसबाट गमगढी बजारमा व्यवसायिक गतिविधिहरूमा वृद्धि हुनेछ र स्थानिय बासिन्दाहरूलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।“

कर्णाली प्रदेश सभा सदस्य जितबहादुर मल्लका अनुसार, रारा क्षेत्र नेपालको प्रमुख पर्यटन गन्तव्य हो र यसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । “तर, सडकको कमीका कारण स्थानीयहरूले अपेक्षित फाइदा पाएका छैनन् । गमगढीमा उत्कृष्ट होटल सुविधाहरू भए पनि सडकको कारण पर्यटकहरू यहाँ आउन चाहँदैनन् । सडक निर्माण पछि, यहाँ एक रात बस्नका लागि पर्यटकहरूको संख्या बढ्नेछ,“उनले भने । पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्णा चापागाईंका अनुसार, पिना–गमगढी सडकको निर्माण चालु आर्थिक वर्षको दौरान सुरु हुनेछ । उनले भने, “सडकको प्राविधिक अध्ययन चाँडै सुरू हुनेछ र एक हप्ताभित्र ठेक्का प्रक्रियासम्बन्धी आवश्यक काम अगाडि बढाइनेछ ।“

गमगढी बजारका होटल व्यवसायी नेता चौलागाईंले भने, “हामीलाई धेरै वर्षदेखि पर्यटकहरूको गमगढीमा बस्ने चाहना थियो । अब सडक सुधार पछि हाम्रो व्यवसायमा मात्र होइन, सम्पूर्ण बजारको आर्थिक गतिविधिमा पनि उत्साह थपिनेछ ।“ गमगढी–पिना सडकमा हिउँदको समयमा सामान्य रूपमा यातायात सञ्चालनमा भए पनि वर्षायाममा पहिरोका कारण यात्रा अवरुद्ध हुने समस्या भइरहन्छ । छायाँनाथ रारा नगरपालिका–७ का हरिचन्द्र शाहीले भने, “वर्षा ऋतुमा हिँडडुल गर्न निकै गाह्रो हुन्छ, तर सडक सुधारपछि यात्रा सहज हुने छ ।“ सडकको सुधारसँगै रारा क्षेत्रमा पर्यटकहरूको आगमनमा वृद्धि हुने र स्थानीय व्यापारमा उत्साह थपिने अपेक्षासाथ, कर्णाली प्रदेश सरकारले सो सडकको विकासमा महत्वपूर्ण कदम चालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड
प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड
रास्वपा र राप्रपालाई मन्त्री गुरुङको आग्रहः माओवादी जस्तै जिम्मेवार बन्नुस्
रास्वपा र राप्रपालाई मन्त्री गुरुङको आग्रहः माओवादी जस्तै जिम्मेवार बन्नुस्
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
तीन महिनामा २३ सय बढी विपद्जन्य घटना
तीन महिनामा २३ सय बढी विपद्जन्य घटना
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
खोलामा नुहाउने क्रममा कैलालीमा चार किशोरको मृत्यु
खोलामा नुहाउने क्रममा कैलालीमा चार किशोरको मृत्यु