हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
४३ पटक हेरिएको
Shares
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने

सारांश

  • पूर्व-पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ।
  • सडक डिभिजन कार्यालय हेटौंडाले मुख्य बजार क्षेत्रमा निर्माण कार्य तीव्र रूपमा अघि बढाएपछि सवारी आवागमन प्रभावित नहोस् भनी अस्थायी रुट परिवर्तनको व्यवस्था गरेको हो।
  • काठमाडौँ र चितवनतर्फ जाने सवारी साधनका लागि हेटौंडा-१ स्थित चौकीटोल (तिरतिरे धारा) बाट राप्ती पुल हुँदै रातोमाटे निकाल्ने निर्णय गरिएको छ।

१७ मंसिर, हेटौंडा।

पूर्व-पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ। सडक डिभिजन कार्यालय हेटौंडाले मुख्य बजार क्षेत्रमा निर्माण कार्य तीव्र रूपमा अघि बढाएपछि सवारी आवागमन प्रभावित नहोस् भनी अस्थायी रुट परिवर्तनको व्यवस्था गरेको हो। काठमाडौँ र चितवनतर्फ जाने सवारी साधनका लागि हेटौंडा-१ स्थित चौकीटोल (तिरतिरे धारा) बाट राप्ती पुल हुँदै रातोमाटे निकाल्ने निर्णय गरिएको छ।

पूर्वतर्फबाट प्रवेश गर्ने सवारीलाई समेत रातोमाटेदेखि नै डायभर्ट गरिने तयारी कार्यालयले पूरा गरिसकेको छ। कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार सडक विस्तार तथा मर्मत कार्य चरणबद्ध रूपमा अघि बढाइँदैछ। ‘मुख्य बजार क्षेत्रमा निर्माण जारी रहने भएकाले वैकल्पिक मार्ग प्रयोग गरेर मात्रै सवारी चलाइनेछ,’ अधिकारीले बताए। उनका अनुसार रातोमाटे-त्रिवेणीधाम-राप्ती पुल मार्गलाई मुख्य वैकल्पिक रुटका रूपमा प्रयोग गरिनेछ।

यस्तै, काठमाडौं वा नारायणगढबाट आएका र वीरगन्जतर्फ लाग्ने सवारीलाई मुख्य बजार क्षेत्रमै नल्याई वैकल्पिक बाटोतर्फ मोडिने व्यवस्था मिलाइएको छ। पूर्वतर्फ जाने सवारीलाई राप्ती पुल-त्रिवेणी–रातोमाटे मार्ग प्रयोग गराइने छ भने पश्चिमतर्फ चितवन वा काठमाडौंतर्फ जाने सवारीलाई पुनः रातोमाटे–राप्ती पुल हुँदै नै चलाइनेछ। कान्ति र मदन भण्डारी लोकमार्गतर्फ जाने सवारीलाई पनि कमाने हुँदै रातोमाटे पुर्‍याउने योजना अगाडि सारिएको छ। वैकल्पिक रुट सञ्चालनयोग्य बनाउन खाल्डाखुल्डी पुर्ने, ग्राभेल प्याक गर्ने लगायतका काम शुरु भइसकेको अधिकारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप एसिया छनोट,  नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
विश्वकप एसिया छनोट, नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
राष्ट्रिय सभा सदस्य निर्वाचन : कुन प्रदेशमा कति मतभार?
वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति
वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते
बालेन शाहको नयाँ क्याजूअल लुकको चर्चा
बालेन शाहको नयाँ क्याजूअल लुकको चर्चा
बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु
बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु
सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते
सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते