कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
३० पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी

सारांश

  • पटक पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
  • बैठक दिउँसो दुई बजे  पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
  • कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे बहस र विवाद पेचिलो बन्दै जाँदा बैठक पटक–पटक सर्दै आएको छ ।

१५ मंसिर, काठमाडौं ।

पटक पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे  पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे बहस र विवाद पेचिलो बन्दै जाँदा बैठक पटक–पटक सर्दै आएको छ । पछिल्ला छलफलमा पुस अन्तिम सतामा १५ औं महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको नेताहरुले बताएका छन् ।

आजको बैठकमा कार्यवाहक सभापति खड्काले २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने बताइएको छ । बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफल गरेका थिए । छलफलमा खड्काले पुस अन्तिम साता महाधिवेशन गर्नेगरी प्रस्ताव ल्याउने बताएका थिए । गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिर्णित बन्दा लम्बिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
परिसूचक सामान्य अंकले घट्यो नेप्से
परिसूचक सामान्य अंकले घट्यो नेप्से
अन्तरराष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि
अन्तरराष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि
जनमतको केन्द्रीय समिति बैठक महोत्तरीमा जारी
जनमतको केन्द्रीय समिति बैठक महोत्तरीमा जारी
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
पोखराको विरौटामा कोटिहोम हुने निश्चित, तयारी धमाधम
पोखराको विरौटामा कोटिहोम हुने निश्चित, तयारी धमाधम
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
सिन्धुलीको दुधैलीमा बस र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, एक घाइते
सिन्धुलीको दुधैलीमा बस र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, एक घाइते
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई