काठमान्डुसँग चितवन ५३ रनले पराजित
१२ मंसिर, काठमाडौं ।
नेपालप्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । शुक्रबार कीर्तिपुरस्थितत्रिविअन्तर्राष्ट्रियक्रिकेट मैदानमाभएको खेलमाकाठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो । काठमान्डुले दिएको १४३ रनको लक्ष्यपछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर अलआउटभयो ।

चितवनकालागिदेवखनाले २१ रन,रविबोपाराले २१ रनर सोहेल तनवीरले १८ रन जोडे । त्यस्तैगरी काठमान्डुकालागि रसिदखानले ३ तथाकप्तान करण केसी, मिलिन्दकुमार र दीपेश कँडेलले दुई–दुई तथा सन्तोष यादवले १ विकेट लिएकाथिए । चार वटाखेल खेलेको चितवनले हालसम्म २ वटा खेल जितेर २ खेर हारेको छ । काठमान्डुले भने ३ खेलजितेको छ र २ खेल हारको छ ।




Post Comment