‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
‘हामी पार्टी होइन, राष्ट्र बनाउने अभियानमा छौँ’ : सन्तोष परियार

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेन जेड आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् ।
  • आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेन जेड आन्दोलनले प्रमाणित गरेको बताएका हुन् ।
  • ‘जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतना खोलिदिएको छ ।

७ मंसिर, काठमाडौँ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेन जेड आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् । आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेन जेड आन्दोलनले प्रमाणित गरेको बताएका हुन् । ‘जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतना खोलिदिएको छ । समावेशी बनाउन नसक्दा पुस्तौपुस्तालाई हामीले छोड्दाखेरि कुन तहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौ २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’

त्यस्तै उनले आजको घोषणा सभा कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रिक,प्रगतिशीलहरू र राष्ट्रको चिन्ता गर्नेहरू एक ठाउँमा आउने दिन भएको बताए । उनले भने, ‘आजको यो घोषणा सभा कुनै एउटा पार्टी बनाउने मात्र होइन । यो संकटको घडीमा सबै लोकतान्त्रिक, प्रगतिशीलहरू र यो राष्ट्रको चिन्ता गर्नेहरू र राष्ट्र बचाउनुपर्छ भन्नेहरू एक ठाउँमा आउने दिन हो ।’ त्यस्तै उनले संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा रहेको बताउँदै संविधानमाथि पनि धेरै संकट मुर्झाएको धारणा राखे । आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने
मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु
कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु
विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का
विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का   
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का   
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
भारतका चार राज्यका पाँच विधानसभा सिटमा उपचुनावको घोषणा
भारतका चार राज्यका पाँच विधानसभा सिटमा उपचुनावको घोषणा
डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने
डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने