राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
१ पटक हेरिएको
Shares
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सारांश

  • ७ मंसिर, काठमाडौँ ।
  • राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
  •   मङ्सिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान भएको हो ।

७ मंसिर, काठमाडौँ ।

राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  मङ्सिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा अहिलेको अवस्थाको चित्रणका साथ पार्टीको भावी योजना र रणनीति बारे अध्यक्ष कमल थापाले धारणा प्रस्तुत गर्ने कार्य तालिका रहेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?