कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
कैलालीमा २० ग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ

सारांश

  • कैलालीमा २० ग्राम ६१० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट चेकजाँचका क्रममा २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित चार वटा मोटरसाइकल र ९ जनालाई नियन्त्रणमा लिएको हो ।
  • धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकमा चेकजाँचका क्रममा डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने ३५ वर्षीय गणेशबहादुर डाँगीसहित तीन जनालाई पक्राउ गरेको छ ।

३० कात्तिक, धनगढी ।

कैलालीमा २० ग्राम ६१० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट चेकजाँचका क्रममा २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित चार वटा मोटरसाइकल र ९ जनालाई नियन्त्रणमा लिएको हो । धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकमा चेकजाँचका क्रममा डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने ३५ वर्षीय गणेशबहादुर डाँगीसहित तीन जनालाई पक्राउ गरेको छ ।

उनले चलाएको म२प ३१०७ नम्बरको मोटरसाइकल र पछाडि सवार डोटीको जोरायल गाउँपालिका-२ बस्ने २० वर्षीया डम्मरी भण्डारी र डडेल्धुराको आलीताल गाउँपालिका-३ बस्ने ३० वर्षीय डम्मर बोहरा रहेका छन् । उनीहरूको साथबाट ९ ग्राम २९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको ह । यस्तै, भजनी नगरपालिका-३ को कुसमघाटमा गरिएको चेकजाँचमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सु.प.प्र.०१–००९ प ३५११ नम्बरको मोटरसाइकलका चालक लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र पछाडि सवार २२ वर्षीय आकाश चौधरी रहेका छन् । उनीहरूको साथबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका–५ को गेटामा थप दुई जनालाई पक्राउ गरिएको छ । चेकजाँचका क्रममा बिजय बिष्टले चलाएको से ६ प ७५९४ नम्बरको मोटरसाइकल र पछाडि सवार राज चौधरीको साथबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन फेला पारी मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिइएको छ । त्यसैगरी, लम्कीचुहा नगरपालिका-६ पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरालाई बागमार क्षेत्रबाट पक्राउ गरिएको छ । उनीहरूको साथबाट १५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीमाथि धोका भएको भन्दै माइतीघर पुगेका डा. निकोलस भुसाल पक्राउ
जेनजीमाथि धोका भएको भन्दै माइतीघर पुगेका डा. निकोलस भुसाल पक्राउ
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो
पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
अभिनेत्री दियाले आरोहण गरिन् युरोपको सबैभन्दा अग्लो शिखर
अभिनेत्री दियाले आरोहण गरिन् युरोपको सबैभन्दा अग्लो शिखर
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप