Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता हुँदै

सारांश

  • सरकार र दुर्गा प्रसाईं समूहबीच आज वार्ता हुँदै छ ।
  • वार्ता गृह मन्त्रालयमा हुने छ ।
  • वार्तामा प्रसाईं सहभागी हुने छैनन् ।

२६ कात्तिक,  काठमाडौं ।

सरकार र दुर्गा प्रसाईं समूहबीच आज वार्ता हुँदै छ । वार्ता गृह मन्त्रालयमा हुने छ । वार्तामा प्रसाईं सहभागी हुने छैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी हुँदैछन् । खतिवडाले भने, ‘हामी मन्त्रीस्तरीय वार्तामा सहभागी हुन गृह मन्त्रालय जाँदैछौं ।’

सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो । तर मन्त्रीस्तरीय वार्तामा दुर्गा प्रसाईं सहभागी नहुने खतिवडाले बताए । उनले भने, ‘प्रधानमन्त्रीस्तरीय वार्तामा दुर्गा दाइ बस्नुहुन्छ, मन्त्रीस्तरीय वार्तामा हामी सहभागी हुँदैछौं ।’ गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि प्रसाईं समूहसँग आज वार्ता हुन लागेको पुष्टि गरे । वार्ताको सहजीकरण अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गरेका छन् । आन्दोलन घोषणा गरेका प्रसाईंमाथि निगरानी प्रसाईंले ७ मंसिरबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअघि गत १५ चैतमा पनि प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो । आन्दोलन हिंसात्मक बन्दा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् । आन्दोलनको तयारी अनुसार उनले यही कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा कार्यक्रम गरेर आन्दोलन गर्न उक्साउ अभिव्यक्ति दिएका थिए । आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै प्रसाईं र उनको समूहमा रहेकाहरुमाथि निगरानी बढाइएको सुरक्षा अधिकारीहरु बताउँछन् ।  यही कात्तिक महिनामा विवादास्पद मेडिकल व्यवसायी प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुले समेत छलफल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो ओभरमै पाकिस्तानको विकेट लिए गुल्सन झाले
पहिलो ओभरमै पाकिस्तानको विकेट लिए गुल्सन झाले
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै
८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन
८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार