मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल

Raju Yadav Raju Yadav
|
आइतबार, कार्तिक २३, २०८२
|
|
१ पटक हेरिएको
Shares
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल

सारांश

  • २३ कात्तिक, काठमाडौं ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् ।
  • आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महशुस गरेको बताएका हुन् ।

२३ कात्तिक, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् । आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महशुस गरेको बताएका हुन् । मन्त्री खरेलले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए । सबैले प्रशंसा गर्थे, राम्रो प्रश्न गरेको भनेर सोध्थे । तर मन्त्री भएपछि मेरो आकाश साँघुरिएको छ । अहिले त सरकारवादी भएछु । पहिला सबैको थिए, अहिले सरकार भएछु ।

मेरो कित्ताकाट भएको महशुस गरेको छु ।’ उनले मन्त्री बनेपछि आलोचनासमेत भोग्न थालेको बताए । कार्यक्रममा मन्त्री खरेलले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता आवश्यक रहेको पनि बताए । उनले भने, ‘जब मैंले राजनीतिमा पाइला राखें, त्यतिबेला नै म तयार थिएँ, अब म सरकारमा जाँदैछु । मैंले सोचे जस्तो संसार मात्रै होइन, त्यो संसारभित्र म प्रवेश गर्दै छु भन्ने बुझिसकेको थिएँ । हामीमा ठूलो समस्या के छ भने हामी को हौं र के हुँ भन्ने कुरा रिलाइज गरेका छैनौं । त्यसैले हामी बढी दुःखी हुन्छौं । पहिला म को हुँ र मेरो भूमिका के हो भन्ने कुरा बुझ्न जरुरी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?