२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
४४ पटक हेरिएको
Shares
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो

सारांश

  • लगातार दुई दिनसम्म गिरावट कायम राखेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.
  • ४२ बिन्दुमा पुगेको छ ।
  • नेप्से १२.

१९ कात्तिक, काठमाडौं।

लगातार दुई दिनसम्म गिरावट कायम राखेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ । नेप्से १२.१७ अंकले उक्लिएको छ भने सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः १.१४, ०.९० र ०.४५ अंकले वृद्धि भएका छन् । सूचक बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन ४२ हजार ८७९ पटकको ट्रेडमार्फत ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ। नवप्रवेशी माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर दोस्रो दिन पनि सकारात्मक सर्किटमा रहेर ३४ रुपैयाँ ९० पैसा बढ्दै ३८४ रुपैयाँ ३० पैसामा पुगेको छ ।

उन्नती सहकार्य लघुवित्त र नेपाल फाइनान्सको मूल्य क्रमशः १० प्रतिशत र ९ प्रतिशतभन्दा बढी बढेको छ भने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त ७.४८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट भएको कम्पनी बनेको छ । कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर ३८ करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो, पछिल्लो स्थानमा हिमालयन डिष्टिलरी र राधी विद्युत कम्पनी क्रमशः साढे ३२ करोड र साढे ३१ करोड रुपैयाँको कारोबारसहित रहे। १३ मध्ये ११ उपसमूहको परिसूचक वृद्धि हुँदा वित्त उपसमूह ३.४१ प्रतिशतको सर्वाधिक वृद्धि लिएर अगाडि रह्यो भने होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूह सामान्य रूपमा घटे ।

आइतबार बढेको बजार सोमबार र मंगलबार दुई दिन लगातार ओरालो लागेको भए पनि बुधबार पुनः उक्लिँदा बजार उतारचढावबीच सकारात्मक ट्रेन्डतर्फ रहेको विश्लेषकहरूको निष्कर्ष छ । आउँदो चुनाव नजिकिँदै जाँदा निजी क्षेत्रमैत्री सरकारी नीति र पुँजी बजारप्रति बढ्दो ध्यानका कारण बजारलाई थप स्थिरता र वृद्धि मिल्ने अपेक्षा राखिएको छ भने लगानीकर्ताहरू पर्ख–र–हेकको अवस्थामा रहे पनि समग्र बजार मनोविज्ञान विस्तारै सुधार भइरहेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा बाबुको मृ*त्यु, छोरा घाइते
मोटरसाइकल दुर्घटनामा बाबुको मृ*त्यु, छोरा घाइते
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन आग्रह
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन आग्रह
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते
कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते
स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ
स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास
भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास
सद्‌भाव कायम राख्न सरकार योजनाबद्ध रूपमा लागेको छ : प्रधानमन्त्री
सद्‌भाव कायम राख्न सरकार योजनाबद्ध रूपमा लागेको छ : प्रधानमन्त्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर