सेयर बजारका सबै सूचक झरे, नेप्से २६ सयभन्दा तल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
१७ पटक हेरिएको
Shares
सेयर बजारका सबै सूचक झरे, नेप्से २६ सयभन्दा तल

सारांश

  • सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ ।
  • मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.
  • ६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ ।

१८ कात्तिक, काठमाडौं ।

सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो ।

सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै २.२१ प्रतिशत घट्यो । बैंकिङ ०.६६, विकास बैंक १.४७, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.२१, अन्य १.८१ तथा व्यापार ०.११ प्रतिशत घटे ।आजबाट कारोबार भएको माबिलुङ इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सो वृद्धिसँगै कम्पनीको मूल्य ३४९.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै फर्स्ट माइक्रोफाइनान्सको ९.२०, विन्ध्यबासिनी हाइड्रोपावरको ६.३८, सम्पदा लघुवित्तको ५.५४ तथा अभियान लघुवित्तको ५.०१ प्रतिशत मूल्य घट्यो ।मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । एक्सल डेभलपमेन्ट बैंकको ७.०९, पन्चकन्या माइ हाइड्रोपावरको ५.३१ प्रतिशत घट्यो । रकमका आधारमा आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र शिवम् सिमेन्ट रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकाली नदीमा फसेका व्यक्तिको सकुशल उद्धार
महाकाली नदीमा फसेका व्यक्तिको सकुशल उद्धार
प्रचण्डले बोलाए पदाधिकारी बैठक
प्रचण्डले बोलाए पदाधिकारी बैठक
धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड
धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
काठमाडौँमा चैत १५ मा हुने दुई समूहको प्रदर्शनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
भ्रष्टाचार मुद्दामा निलम्वित सांसद बस्नेत सरकारी कार्यक्रममा प्रमुख अतिथि बनाइएको विषयमा माओवादीले माग्यो सरकारको जवाफ
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
विराटनगरमा करेन्ट लागेर १ जनाको मृ*त्यु
गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार
जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार
सरकारले लियो स्थानीय सेवा गठन ऐन फिर्ता
सरकारले लियो स्थानीय सेवा गठन ऐन फिर्ता
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने