ईपीएस भाषा परीक्षा तीन चरणमा हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २४, २०८०
|
|
२० पटक हेरिएको
Shares
ईपीएस भाषा परीक्षा तीन चरणमा हुने

सारांश

  • रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ ।
  • उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो ।
  • यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो ।

२४ पुस, काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो ।

यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो । वैदेशिक रोजगार विभागसँगको बैठकमा भाषा परीक्षा तीन चरणमा हुने बताएको हो । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ गतेदेखि हुने भएको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुनेछ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको बताए ।

पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइनेछ । त्यस्तै दोस्रो चरणमा  ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिनेगरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको उनको भनाई छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुनेछ । उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । भने त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते
तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष
पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष
सिरहाका एसपीपछि लहानका डीएसपी पनि हेडक्वार्टर तानिए
सिरहाका एसपीपछि लहानका डीएसपी पनि हेडक्वार्टर तानिए
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
एनपीएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ
देउवा पक्ष भेलाको निष्कर्ष : स्वाभिमानको कुरा छ, सानेपा जिम्मेवार हुनुपर्छ
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने
काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द
काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द