२६ जेष्ठ २०८२, आईतवार

सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी

२२ पुस, सर्लाही । जिल्ला स्तरीय सहिद कप क्रिकेट टुर्नामेन्टमा आजको खेलमा ब्रह्मपुरी गाँउपालिका टिम चक्रघट्टा लाई पराजित गर्दै विजयी भएको छ ।

जिल्ला सदरमुकाम मलंगवा स्थित तीन बिघा मैदामा आज भएको खेलमा ब्रह्मपुरी गाँउपालिकाले चक्रघट्टा टिमलाई दुई विकेटले पराजित गर्दै विजयी भएको हो । ब्रह्मपुरीको जितमा अमित पटेल मैन अफ द मैच भएको हो।

त्यस जितसँगै ब्रह्मपुरी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले स्वयं उपस्थित भई खेलाडीहरुलाई बधाई संगै मनोबल बढाउन पुरुस्कार स्वरुप टिमलाई आफ्नोे तर्फबाट ११ हजार रुपैयाँ प्रदान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

छुटाउनुभयो कि ?