पार्टीभित्र एकमना एकता कहिल्यै थिएन: ओली
२९ असोज, काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकमना एकताको स्थिति कहिल्यै नरहेको बताएका छन्। केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला सधैं इर्ष्या, डाहा, खुट्टा तान्ने स्थिति रहेको बताए। ‘पार्टीमा एकमना एकताको स्थिति कहिले पनि रहेन,’ उनले भने, ‘इर्ष्या, डाहा, खुट्टा तान्ने स्थिति सधैं रह्यो।

मेरो नेतृत्वको सरकारलाई कसरी असफल बनाउने भन्नेमा पार्टीभित्रैबाट लगातार विरोध, झुठ, फरेबको स्थिति बनाइयो।’ जेन–जीको दुई दिने आन्दोलनबाट यसपटक प्रधानमन्त्रीको पद त्याग गर्न बाध्य भएका ओलीले संविधान जारी भएपछिको निर्वाचनबाट बनेको नेकपाको सरकारलाई पार्टीभित्रैबाट असफल बनाइएको दावी गरे। आफू नेतृत्वको सरकारले ऐतिहासिक महत्वका दूरगामी काम गर्दै गएपछि सरकार ढाल्ने काम भएको उनको भनाइ छ।



Post Comment