२९ फाल्गुन २०८२, शुक्रबार

को हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी

 

२८ फागुन, काठमाडौं ।

इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको आक्रमणको पहिलो दिनमै मारिएका आयतोल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ । ५६ वर्षीय कट्टरपन्थी धर्मगुरु मोजतबाका पितासँगै उनकी आमा, पत्नी र एक बहिनीको पनि सोही आक्रमणमा मृत्यु भएको थियो । तर, उक्त भीषण बमबारीका समयमा मोजतबा त्यहाँ उपस्थित नरहेका कारण उनी सुरक्षित रहेको बताइएको छ ।

आफ्ना पिताको अभ्यासविपरीत ५६ वर्षीय मोजतबाले अहिलेसम्म आफूलाई सार्वजनिक भूमिकाबाट टाढै राख्दै आएका छन् । खामेनीले आफूलाई धेरै हदसम्म ‘लो-प्रोफाइल’ मा राखेका छन् । उनले कहिल्यै कुनै सरकारी पद धारण गरेका छैनन्, न त कुनै सार्वजनिक भाषण वा अन्तर्वार्ता नै दिएका छन् । उनका सीमित सङ्ख्यामा मात्र तस्वीर र भिडिओ सार्वजनिक भएका छन् ।

Post Comment

छुटाउनुभयो कि ?