सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
फागुन २८, सर्लाही। अमलेश शर्मा
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को सुरक्षार्थ खटिएका निर्वाचन प्रहरीलाई सर्लाहीमा औपचारिक रूपमा विदाई गरिएको छ।
निर्वाचनका लागि गत माघ १८ गते नियुक्ति भई विभिन्न मतदान केन्द्रको सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई कार्यावधि समाप्तिपछि आज बिहिबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित कार्यक्रममा विदाई गरिएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख योगेन्द्र कुमार खड्का ले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन प्रहरीहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। उनले निर्वाचन सुरक्षामा उल्लेखनीय योगदान पुर्याएका प्रहरीहरूलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए।
निर्वाचन सुरक्षाका लागि जिल्लामा ३ हजार १ पुरुष र ९ सय १५ महिला गरी ३ हजार ९ सय २६ जनालाई निर्वाचन प्रहरीका रूपमा भर्ना गरिएको थियो।
(तस्बिरहरु)






Post Comment