गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
५० पटक हेरिएको
Shares
गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकार क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार भएकाले कसैलाई बकबक नगर्न चेतावनी दिएका छन् ।
  • माइतीघर मण्डलामा एकजना युवा मदन बुढाको अनसन तोडाउने क्रममा गृहमन्त्रीले यो सरकारको काम भ्रष्टाचारीलाई कारबाही गर्ने भएकाले उनीहरूलाई कारबाही गर्दा चुनावको वातावरण बिथोलिन्छ भन्ने तर्क स्वीकार्य नभएको बताए ।
  • अर्यालले भने-यो क्रान्तिपछिको सरकार हो ।

२८ असोज, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकार क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार भएकाले कसैलाई बकबक नगर्न चेतावनी दिएका छन् । माइतीघर मण्डलामा एकजना युवा मदन बुढाको अनसन तोडाउने क्रममा गृहमन्त्रीले यो सरकारको काम भ्रष्टाचारीलाई कारबाही गर्ने भएकाले उनीहरूलाई कारबाही गर्दा चुनावको वातावरण बिथोलिन्छ भन्ने तर्क स्वीकार्य नभएको बताए । अर्यालले भने-यो क्रान्तिपछिको सरकार हो । कोही कन्फ्युजनमा नहुन् ।

अहिले बकबक गरिरहेका मानिस पनि कन्फ्युजनमा होलान्, यो क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार हो । यो सरकारले भ्रष्टाचारी खोज्न पाउँदैन, शान्ति सुरक्षा राख्न पाउँदैन,चुनाव बिथोलिन्छ भन्न पाइँदैन । यो सरकारले चुनाव पनि गराउँछ तर शान्ति सुरक्षा र भ्रष्टाचार निर्मूल गर्ने हाम्रो काम हो । कुनै नेता वा दलको नाम नलिए पनि अर्यालले राजनीतिक दलका नेताहरूलाई लक्षित गरेर बकबक नगर्न भनेका हुन् । उनले भ्रष्टाचारको छानबिन हुने र नागरिकसँग मिलेर यो सरकारले काम गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम
युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम
‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’
‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान
रास्वपाले आजपनि पोखरामा प्रदर्शन गर्ने
रास्वपाले आजपनि पोखरामा प्रदर्शन गर्ने
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
गृहमन्त्रालयका तीन सहसचिवको सरुवा
गृहमन्त्रालयका तीन सहसचिवको सरुवा
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात
वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति