बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
३० पटक हेरिएको
Shares
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने

सारांश

  • गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको वर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
  • बाढीले क्षति पु¥याएको सडक आज राति नै वा भोलि दिउँसोसम्म निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटिरहेको छ ।
  • बाढीले काभ्रेतर्फ चौकिडाँडादेखि माम्तिसम्म १४ ठाउँमा खोलाले सडक कटान गरेकोमा अब चार ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनियर दुर्गा प्रसादले जानकारी दिए ।

२३ असोज, रामेछाप ।

गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको वर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । बाढीले क्षति पु¥याएको सडक आज राति नै वा भोलि दिउँसोसम्म निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटिरहेको छ । बाढीले काभ्रेतर्फ चौकिडाँडादेखि माम्तिसम्म १४ ठाउँमा खोलाले सडक कटान गरेकोमा अब चार ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनियर दुर्गा प्रसादले जानकारी दिए । सकेसम्म आज रातभर काम गरेर राति नै सडक खुलाउने नभए पनि भोलि दिउँसोसम्म सडक खुल्ने उनले बताए ।

‘हामीले पर्सिसम्म सक्ने लक्ष राखेका थियौँ, अब सडक भोलि नै खुल्छ, भोलि बिहानबाट खुल्छ वा दिउँसो खुल्छ त्यति मात्र हो, सडक भोलि नै खुल्छ’, उनले भने । सो सडकको सिन्धुलीतर्फ नेपालथोक र वर्षे खोलामा रोशीले कटान गरेको करिब एक किलोमिटर सडकमा डाइभर्सन निर्माणको काम सकिएको छ । सिन्धुली खण्डमा काम सकेपछि उपकरणसहितको टोली काभ्रेको माम्ति पुगेको र त्यहाँ डाइभर्सन निर्माणको काम सुरु गएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारसमणि हमालले जानकारी दिए । सिन्धुलीको टिमले एक्लै काम गर्दा माम्तिमा डाइभर्सन बनाउन भोलि दिनभरि लाग्ने भएपनि काभ्रेबाट आएको उपकरण सहितको टोलीले समेत काम गर्दा छिटो काम सकिने प्राविधिक टोलीले बताएको छ । रोशी खोलमा आएको बाढीले गत वर्ष पनि बिपी राजमार्गमा ठुलो क्षति गरेको थियो । यस वर्ष गतवर्ष बगाएपछि बनाएको अस्थायी डाइभर्सनका साथै थप सडकमा समेत क्षति पु¥याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित
आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
काठमाडौंको गेस्ट हाउसमा एक युवती मृ*त फेला
काठमाडौंको गेस्ट हाउसमा एक युवती मृ*त फेला
सरकारलाई झुकाउने उपेन्द्र यादवको अडान
सरकारलाई झुकाउने उपेन्द्र यादवको अडान
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
भक्तपुरको निर्माणधीन घरमा मजदुरको ह*त्या, एक जना पक्राउ
भक्तपुरको निर्माणधीन घरमा मजदुरको ह*त्या, एक जना पक्राउ
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित
रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरु विस्थापित