सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
५१ पटक हेरिएको
Shares
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने

सारांश

  • गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको वर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
  • बाढीले क्षति पु¥याएको सडक आज राति नै वा भोलि दिउँसोसम्म निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटिरहेको छ ।
  • बाढीले काभ्रेतर्फ चौकिडाँडादेखि माम्तिसम्म १४ ठाउँमा खोलाले सडक कटान गरेकोमा अब चार ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनियर दुर्गा प्रसादले जानकारी दिए ।

२३ असोज, रामेछाप ।

गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको वर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । बाढीले क्षति पु¥याएको सडक आज राति नै वा भोलि दिउँसोसम्म निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटिरहेको छ । बाढीले काभ्रेतर्फ चौकिडाँडादेखि माम्तिसम्म १४ ठाउँमा खोलाले सडक कटान गरेकोमा अब चार ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनियर दुर्गा प्रसादले जानकारी दिए । सकेसम्म आज रातभर काम गरेर राति नै सडक खुलाउने नभए पनि भोलि दिउँसोसम्म सडक खुल्ने उनले बताए ।

‘हामीले पर्सिसम्म सक्ने लक्ष राखेका थियौँ, अब सडक भोलि नै खुल्छ, भोलि बिहानबाट खुल्छ वा दिउँसो खुल्छ त्यति मात्र हो, सडक भोलि नै खुल्छ’, उनले भने । सो सडकको सिन्धुलीतर्फ नेपालथोक र वर्षे खोलामा रोशीले कटान गरेको करिब एक किलोमिटर सडकमा डाइभर्सन निर्माणको काम सकिएको छ । सिन्धुली खण्डमा काम सकेपछि उपकरणसहितको टोली काभ्रेको माम्ति पुगेको र त्यहाँ डाइभर्सन निर्माणको काम सुरु गएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारसमणि हमालले जानकारी दिए । सिन्धुलीको टिमले एक्लै काम गर्दा माम्तिमा डाइभर्सन बनाउन भोलि दिनभरि लाग्ने भएपनि काभ्रेबाट आएको उपकरण सहितको टोलीले समेत काम गर्दा छिटो काम सकिने प्राविधिक टोलीले बताएको छ । रोशी खोलमा आएको बाढीले गत वर्ष पनि बिपी राजमार्गमा ठुलो क्षति गरेको थियो । यस वर्ष गतवर्ष बगाएपछि बनाएको अस्थायी डाइभर्सनका साथै थप सडकमा समेत क्षति पु¥याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री
अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार
हेटौंडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृ*त्यु
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृ*त्यु
जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला
जनकपुरको दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला
बाजुराको बाम्का बजारमा आगलागी: सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख सहयोग गर्ने
बाजुराको बाम्का बजारमा आगलागी: सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख सहयोग गर्ने
भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी
भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु