अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
६९ पटक हेरिएको
Shares
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर

सारांश

  • तराई–मधेशमा ‘बजरंगी भाइजान’ को नामले चिनिने समाजिक अभियन्ता सरोज रायको अग्रसरता र सक्रियतामा सर्लाही जिल्लाका बाढीपीडित विपन्न परिवारहरूलाई आपतकालीन खाद्यान्न सामग्री तथा सुरक्षित पिउने पानीका लागि वाटर फिल्टर वितरण गरिएको छ।
  •   सुरक्षित खानेपानीका लागि फिल्टर वितरण  रायको पहलमा कविलासी नगरपालिका अन्तर्गत हेमपुर, पछगछीया, रनीया, जमुनिया, विरनगरा र मदनपुर गाउँका करिब ६५० विपन्न परिवारलाई स्वच्छ र सुरक्षित पानी पिउन सक्ने उद्देश्यले वाटर फिल्टर वितरण गरिएको थियो।
  •   अविरल वर्षाले प्रभावित परिवारलाई खाद्यान्न राहत फिल्टर वितरणको केही समयमै आएको अविरल वर्षाले कविलासी नगरपालिकाका करिब ३०० परिवार प्रत्यक्ष प्रभावित भएपछि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले आपतकालीन खाद्यान्न राहत वितरण सुरु गरिएको हो।

सर्लाही।

तराई–मधेशमा ‘बजरंगी भाइजान’ को नामले चिनिने समाजिक अभियन्ता सरोज रायको अग्रसरता र सक्रियतामा सर्लाही जिल्लाका बाढीपीडित विपन्न परिवारहरूलाई आपतकालीन खाद्यान्न सामग्री तथा सुरक्षित पिउने पानीका लागि वाटर फिल्टर वितरण गरिएको छ।

सुरक्षित खानेपानीका लागि फिल्टर वितरण 

रायको पहलमा कविलासी नगरपालिका अन्तर्गत हेमपुर, पछगछीया, रनीया, जमुनिया, विरनगरा र मदनपुर गाउँका करिब ६५० विपन्न परिवारलाई स्वच्छ र सुरक्षित पानी पिउन सक्ने उद्देश्यले वाटर फिल्टर वितरण गरिएको थियो।

अविरल वर्षाले प्रभावित परिवारलाई खाद्यान्न राहत

फिल्टर वितरणको केही समयमै आएको अविरल वर्षाले कविलासी नगरपालिकाका करिब ३०० परिवार प्रत्यक्ष प्रभावित भएपछि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले आपतकालीन खाद्यान्न राहत वितरण सुरु गरिएको हो।
पछगछीया, जमुनिया र विरनगरा गाउँमा वितरण सम्पन्न भइसकेको छ भने बाँकी गाउँहरूमा पनि राहत पु-याउने कार्य जारी रहेको रायले जानकारी दिएका छन्।

प्रत्येक प्रभावित परिवारलाई २५ के.जी. चामल, २ के.जी. दाल, ५ के.जी. आटा, ५ के.जी. चिउरा, २ पोका भूजा, खाने तेल, नुन लगायतका अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको छ। यस अभियानलाई सफल बनाउन रायसँगै विभिन्न सहयोगी साथीहरूको साथ–सहयोग रहेको छ। विशेषगरी जेनजी युवाहरूको स्वैच्छिक सहयोग निकै प्रशंसनीय रहेको उल्लेख गरिएको छ।

अब चक्रघट्टा गाउँपालिकामा अभियान

कविलासी नगरपालिकामा राहत वितरण सम्पन्न भएपछि अब चक्रघट्टा गाउँपालिकाका प्रभावित परिवारलाई समेत राहत पुर्‍याउने कार्य अगाडि बढाइने समाजिक अभियन्ता सरोज रायले बताएका छन्।

लामो समयदेखि समाजिक सेवामा सक्रिय सरोज रायले देशका विपत्तिमा उद्धार तथा राहत वितरण गर्दै आएका छन्। साथै, अन्तर्राष्ट्रिय स्तरमा समेत उनले साउदी अरब, बंगलादेश, दुबई, भारत लगायतका विभिन्न देशमा अलपत्र परेका वैदेशिक रोजगारमा गएका नेपालीलाई उद्धार गर्ने, हराएका बालबालिकालाई खोजी गरी परिवारमा जिम्मा लगाउनेजस्ता महत्वपूर्ण कार्यसमेत गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह
महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हँदै
‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हँदै
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो
प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो
गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन
गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा
पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा