भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै

सारांश

  • दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ ।
  • जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रुपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउन लागेको हो ।
  • नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका यात्रुहरूलाई काठमाडौं लान लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले जानकारी दिए ।

१९ असोज, काठमाडौं ।

दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रुपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउन लागेको हो । नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका यात्रुहरूलाई काठमाडौं लान लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले जानकारी दिए ।

‘विशेषगरी वैदेशिक रोजगारीमा जानुपर्ने र उपचारका सिलसिलामा अलपत्र परेका यात्रुहरूलाई विमान चार्टर गरेर काठमाडौं पठाउन लागेका हौं,’ सीडीओ पाण्डेले अनलाइनखबरसँग भने । उनका अनुसार, १ सय ५८ जना यात्रुलाई विमानमार्फत काठमाडौं पठाइनेछ । भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ । यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी (९८५७०२३६७१) मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ । काठमाडौंबाट साँझ ७ बजे नेपाल एयरलाइन्सको विमान भैरहवा पुग्ने र सोही विमानमा यात्रुहरू फर्काउने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?