Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
४३ पटक हेरिएको
Shares
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै

सारांश

  • दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ ।
  • जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रुपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउन लागेको हो ।
  • नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका यात्रुहरूलाई काठमाडौं लान लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले जानकारी दिए ।

१९ असोज, काठमाडौं ।

दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रुपमा काठमाडौं पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउन लागेको हो । नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका यात्रुहरूलाई काठमाडौं लान लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले जानकारी दिए ।

‘विशेषगरी वैदेशिक रोजगारीमा जानुपर्ने र उपचारका सिलसिलामा अलपत्र परेका यात्रुहरूलाई विमान चार्टर गरेर काठमाडौं पठाउन लागेका हौं,’ सीडीओ पाण्डेले अनलाइनखबरसँग भने । उनका अनुसार, १ सय ५८ जना यात्रुलाई विमानमार्फत काठमाडौं पठाइनेछ । भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ । यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी (९८५७०२३६७१) मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ । काठमाडौंबाट साँझ ७ बजे नेपाल एयरलाइन्सको विमान भैरहवा पुग्ने र सोही विमानमा यात्रुहरू फर्काउने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति
गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ
‘छाब्दीबाराहीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ :  मुख्यमन्त्री पाण्डे
‘छाब्दीबाराहीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ : मुख्यमन्त्री पाण्डे
बाजुराको बाम्का बजारमा सिलिन्डर पड्किएर भीषण आगलागी
बाजुराको बाम्का बजारमा सिलिन्डर पड्किएर भीषण आगलागी
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृ*त्यु
झापामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृ*त्यु
सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत
सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत
कारको ठक्करबाट बालकको मृ*त्यु
कारको ठक्करबाट बालकको मृ*त्यु
बालेनले लिए प्रधानमन्त्री पदको शपथ
बालेनले लिए प्रधानमन्त्री पदको शपथ