मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
  • बुधबार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ।
  • कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

१५ असोज, काठमाडौं ।

हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बुधबार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । बुधबार राति सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?