Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
५६ पटक हेरिएको
Shares
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पालिकाहरुले चाडबाडको समयमा समेत शिक्षक कर्मचारीहरुलाई तलब नखुवाएको विषयमा अनुसन्धान गर्र्ने बताएका छन् ।
  • शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई रकम पठाइसके पनि पालिकाहरुले तलब खुवाउन ढिलासुस्ती गरेको र अनेक बहाना देखाइ तलब नखुवाएको गुनासोको आधारमा अनुसन्धान गर्ने मन्त्री पुनले बताएका हुन् ।
  • तलब पाइएन भनेर फोनबाट र इमेलबाट ५०० भन्दा बढी गुनासो आएको मन्त्री पुनले बताएका छन् ।

१३ असोज, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पालिकाहरुले चाडबाडको समयमा समेत शिक्षक कर्मचारीहरुलाई तलब नखुवाएको विषयमा अनुसन्धान गर्र्ने बताएका छन् । शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई रकम पठाइसके पनि पालिकाहरुले तलब खुवाउन ढिलासुस्ती गरेको र अनेक बहाना देखाइ तलब नखुवाएको गुनासोको आधारमा अनुसन्धान गर्ने मन्त्री पुनले बताएका हुन् । तलब पाइएन भनेर फोनबाट र इमेलबाट ५०० भन्दा बढी गुनासो आएको मन्त्री पुनले बताएका छन् । गुनासोको संख्या सबैभन्दा धेरै संख्या मधेश प्रदेशको रहेको उनको भनाइ छ ।

उनले आज बिहान फेसबुकमा लेखेका छन्, ‘मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ । वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोनबाट र इमेलबाट आयो ।’ यस विषयमा अनुसन्धान गर्ने र यस्तो बेथिति समाधानको उपाय खोज्ने मन्त्री पुनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु ।’ यसअघि मन्त्री पुनले सबै शिक्षक तथा कर्मचारीहरुले नियमानुसार पाउने तलब उपलब्ध गराउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते
मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते
काठमाडौं बस दु*र्घटनामा मृ*तकको संख्या ५ पुग्यो
काठमाडौं बस दु*र्घटनामा मृ*तकको संख्या ५ पुग्यो
मन्त्रालयमै बसेर कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
मन्त्रालयमै बसेर कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
आजको राजावादी प्रदर्शन सकियो, भोलि फेरि १२ बजेदेखि हुने
आजको राजावादी प्रदर्शन सकियो, भोलि फेरि १२ बजेदेखि हुने
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
३३ करोडभन्दा बढी झ्वाम पार्ने एमडी संगीता पहाडीलाई २ लाख धरौटीमा रिहा
३३ करोडभन्दा बढी झ्वाम पार्ने एमडी संगीता पहाडीलाई २ लाख धरौटीमा रिहा
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
बालेन र सुदनविरुद्ध अर्को जाहेरी, प्रहरीले आयोगमा पठाउने
आज जेठ ३ गते बुधबार, यस्तो छ आजको राशिफल।
आज जेठ ३ गते बुधबार, यस्तो छ आजको राशिफल।
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?