मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

सारांश

  • मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
  • मंगलबार दिउँसो करिब ५ बजेतिर खसेको ठूलो पहिरो बुधबार बिहानैबाट पन्छाउने काम सुरु गरिएको हो ।
  • पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।

८ असोज, काठमाडौं ।

मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु गरिएको छ । मंगलबार दिउँसो करिब ५ बजेतिर खसेको ठूलो पहिरो बुधबार बिहानैबाट पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ । पहिरोका कारण सडक आवागमन दुईतर्फी नै बन्द हुँदा सवारी चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

‘तुइन खोलाको पुल नजिकै हिजो दिउँसो ४ः५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ’, सूचनामा भनिएको छ, ‘पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारीधनी एवं यात्रु महानुभावलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौं।’ हाल पहिरोको दुवै तर्फ सवारी साधनहरु चलेका छैनन । वैकल्पिक सडक प्रयोग गरि यातायात सञ्चालन गरिएको छ । त्रिभुवन राजपथ(नौबिसे –हेटौडा), कान्ति राजमार्ग(सातदोबाटो – भैरब मन्दिर –बगुवा –लेनडाडा –हेटौडा) कालीगण्डकी कोरिडोर बाट छिरेर ( गैडाकोट –पाल्पा राम पुर–भिमाद –तनहु ), धादिंग(फिर्केखोला –धादिंग बेशी –सल्यानटार)–गोर्खा (आरुघाट –आबुखैरेनी), बुटवल –पोखरा वैकल्पिक सडक प्रयोग भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप
शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने
काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता
भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिए
भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिए
३ संसदीय समिति बैठक बस्दै, यस्तो छ कार्यसूची
३ संसदीय समिति बैठक बस्दै, यस्तो छ कार्यसूची
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला
पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो : शेखर कोइराला