जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं: दुर्गा प्रसाईं

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
२० पटक हेरिएको
Shares
जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं: दुर्गा प्रसाईं

सारांश

  •    मेडिकल व्यवसायी दुर्गा प्रसाँईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको बताएका छन् ।
  • मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् ।
  • उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरु जेनजीका बच्चाहरुले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैंले एउटा पोष्ट गरें ।

७ असोज, काठमाडौं ।  

मेडिकल व्यवसायी दुर्गा प्रसाँईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् । उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरु जेनजीका बच्चाहरुले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैंले एउटा पोष्ट गरें । यो भष्ट्रचार विरुद्धको आन्दोलन, तस्कर लखेट्ने आन्दोलन भएको कारण म आफैं सरिक हुन्छु भनेर पवित्र मनले स्टाटस लेखें । त्यसको दुई घण्टापछि महानगरका प्रमुख बालेनजीको स्टाटस आयो ।

कस्तो आयो भने आन्दोलन २८ वर्ष मुनिको हो २८ वर्ष माथिका जानै हुँदैन । उनले थप अगाडि भने, ‘कुनै राजनीतिक दलपनि जाने होइन, अभियन्ता पनि जाने होइन भनेर लेखेपछि त्यतिखेरै मेरो टिमलाई यो खेल पश्चिमाहरुको खेल हो है भनेको थिए । त्यो अब प्रष्ट भयो । बच्चाहरु उचालेर मर्ने काम हुँदैछ भनेर टिमसँग सल्लाह गरें ।’ उनले आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन हुँदा रमिते मात्रै हुनुपरेको भन्दै आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको बताए । ‘आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन गरियो । कलिला बच्चाहरुको त्यो आन्दोलनको नेतृत्व गर्ने कोही भएन । हामी रमिते मात्र भयौं । भोलिपल्ट सबै भत्काउन मात्रै लागे । सिंहदरबारमा आगो लगाउन थाले । सर्वोच्च अदालतमा आगो लाग्यो ।

त हुँदै नहुने कुरा भयो । हामी पनि छक्क प¥यौँ ।’ उनले अहिले बनेको सरकार जेनजीको सरकार नभई विभिन्न विदेशी फाउन्डेसनको सरकार रहेको बताए । उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’ प्रसाईँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै दशैँपछि हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्ने बताए । ‘हामी दशैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किराँत, बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ’, पत्रकार सम्मेलनमा उनले भने, ‘पुनस्र्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने एक जना पक्राउ
जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने एक जना पक्राउ
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति
सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मेडिकल शिक्षाको २ हजार ३० सिट निर्धारण, कुन कलेजले कति पाए कोटा?
मेडिकल शिक्षाको २ हजार ३० सिट निर्धारण, कुन कलेजले कति पाए कोटा?
सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता
सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता
निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ
निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य
विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य

तपाईंले छुटाउनुभयो कि?