खुल्यो अरनिको राजमार्ग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
खुल्यो अरनिको राजमार्ग

सारांश

  • पटक–पटक पहिरोले अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।
  • अरनिको राजमार्गको कोदारीमा यस वर्षको वर्षाले बढी क्षति गरेको थियो ।
  • सडक विभागका अनुसार ४ भदौ २०८२ का दिन १८ दिनको अवरोधपछि सडक खुलेको थियो ।

६ असोज, काठमाडौं ।

पटक–पटक पहिरोले अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । अरनिको राजमार्गको कोदारीमा यस वर्षको वर्षाले बढी क्षति गरेको थियो । सडक विभागका अनुसार ४ भदौ २०८२ का दिन १८ दिनको अवरोधपछि सडक खुलेको थियो । तर, ९ भदौमा पुन: सडक अवरुद्ध भएको थियो । त्यसबेला १५ भदौदेखि राजमार्ग सुचारु गरिएकोमा भोलिपल्ट १६ गतेदेखि नै राजमार्ग पुन: अवरुद्ध बनेको थियो । अवरोध हटाउन विभागले निरन्तर प्रयास गरेको थियो ।

तर, भारी वर्षाका कारण हरेक दिन थप क्षति हुने, निरन्तर ढुंगासहित लेदो र पहिरो बगिरहने समस्या र ठूलो स्केलको पहिरो भएका कारण सडक सुचारु गर्न सकिएको थिएन । तल भोटेकोशी नदीको कटान समेत निरन्तर थियो । पहिरोले केही स्थानीयका घरमा क्षति गरेको तथा उनीहरूबाट अवरोध भएकाले समेत सडक मर्मतमा ढिलाइ भएको विभागको भनाइ छ । त्यसक्रममा २ असोज राति परेको वर्षाले समेत थप ४ स्थानमा पहिरो जाँदा यो राजमार्ग सञ्चालनमा थप चुनौती थपिएको थियो । अहिले कोदारीमा अस्थायी राजमार्ग सुचारु गरिएको र स्थायी समाधानका लागि डिजाइनको काम भइरहेको विभागले जनाएको छ । अस्थायी रूपमा पहिरोलाई प्लास्टिकले ढाकिएको छ । पहिरोभित्र पानी निकाल्न ड्रिलिङ गरिएको छ । आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसी लगायत टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी अवस्थाबारे जानकारी लिएको छ ।

अनुगमन क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहित विषयमा समेत छलफल गरिएको थियो । चाडपर्वका बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने कार्यमा स्थानीयको अवरोध देखिएको थियो । त्यसपछि मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्ष लगायत स्थानीय अगुवालाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गरेका थिए । सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौँको संख्यामा रहेका दशैंका लागि सामान बोकेर आएका कन्टेनर आवत–जावत गर्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरगढीमा गाडी दुर्घटना, बालिकासहित २ जनाको मृत्यु
मकवानपुरगढीमा गाडी दुर्घटना, बालिकासहित २ जनाको मृत्यु
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता
कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ
प्रहरीका भान्सेको हत्या प्रकरण : अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ
कर्मचारी
कर्मचारी
एनपीएल: चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने
एनपीएल: चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता