घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
३८ पटक हेरिएको
Shares
घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण

सारांश

  • राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न क्षेत्रका व्यक्तिहरूबाट घृणाजन्य अभिव्यक्ति आएको भन्दै ध्यानाकर्षण गराएको छ ।
  • आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले केही व्यक्ति, समूह र दलका नेताहरुबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आएको र यस प्रकारका कार्यबाट हिंसात्मक कार्यलाई थप बल पुग्न जाने अवस्थाप्रति ध्यानाकर्षण गराएको हो ।
  • विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवम् कुनै सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय हो,’ आयोगले भनेको छ, ‘तर यस्ता अभिव्यक्तिहरू संयमित, मर्यादित र मानव अधिकारको मूल्य मान्यताको परिधिभित्र रहेर गर्नुपर्ने हुन्छ ।

५ असोज, काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न क्षेत्रका व्यक्तिहरूबाट घृणाजन्य अभिव्यक्ति आएको भन्दै ध्यानाकर्षण गराएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले केही व्यक्ति, समूह र दलका नेताहरुबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आएको र यस प्रकारका कार्यबाट हिंसात्मक कार्यलाई थप बल पुग्न जाने अवस्थाप्रति ध्यानाकर्षण गराएको हो ।

विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवम् कुनै सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय हो,’ आयोगले भनेको छ, ‘तर यस्ता अभिव्यक्तिहरू संयमित, मर्यादित र मानव अधिकारको मूल्य मान्यताको परिधिभित्र रहेर गर्नुपर्ने हुन्छ ।’ हिंसात्मक कार्यलाई प्रश्रय पुग्ने गरी गतिविधिहरु नगर्न र विकसित राजनीतिक परिस्थितिमा संयमित भएर उचित निकास खोज्ने कार्यमा लाग्न आयोगले आग्रह गरेको छ ।

‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस पुग्ने खालका अभिव्यक्ति नदिन, घृणाजन्य अभिव्यक्तिबाट समाजमा सिर्जना हुनसक्ने हिंसात्मक अवस्थाप्रति सचेत हुँदै कुनै पनि हिंसात्मक कार्यलाई प्रश्रय पुग्ने गरी गतिविधिहरू नगर्न र विकसित राजनीतिक परिस्थितिमा संयमित भएर उचित निकास खोज्ने कार्यमा लाग्न आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ,’ आयोगले भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
एकान्तकुनामा पिकअपको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
एकान्तकुनामा पिकअपको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
शिक्षकको ह*त्या गरेको आरोपमा ११ जना पक्राउ
शिक्षकको ह*त्या गरेको आरोपमा ११ जना पक्राउ
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै