धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
५९ पटक हेरिएको
Shares
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते

सारांश

  • जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ।
  • सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ।
  • सात कैदीबन्दी घाइते भएका छन्।

२५ भदौ, धादिङ ।

जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ। सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ। सात कैदीबन्दी घाइते भएका छन्। घाइते हुनेहरु सबै पुरुष छन्। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो।

घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात जना घाइते भएका छन्। घाइते प्रहरी सबैको अवस्था सामान्य छ। गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाकै सुरक्षामा उपचारका लागि काठमाडौं पठाइएको छ। मंगलबार नक्खु कारागारबाट पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदीबन्दी छाडेको भन्दै आफूहरुलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए। गोली चलाउनु अघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए। उनीहरुले सेनामाथी नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो। जिल्ला कारागार धादिङमा २४३ कैदीबन्दी छन्। त्यसमध्ये महिला ९ जना छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति
भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी अस्पताल भर्ना
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी अस्पताल भर्ना
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
प्रधानमन्त्री र सभामुखसँगको वार्तापछि पनि शिक्षकले छाडेनन् सडक
प्रधानमन्त्री र सभामुखसँगको वार्तापछि पनि शिक्षकले छाडेनन् सडक