प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने

सारांश

  • नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ ।
  •   जेनजी युवाले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।
  • बैठक आज बिहान साढे ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।

२४ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ ।  जेनजी युवाले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका हुन् । बैठक आज बिहान साढे ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ । बैठकमा देशको पछिल्लो अवस्था, जेनजी युवाको आन्दोलन र विपक्षी दलका आगामी कार्यक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रको हिजो बसेको पदाधिकारी बैठकले हिजो मारिएका सबै १९ जनालाई शहीद घोषणा गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । साथै सबै पालिकाहरुमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो । रास्वपा सहभागी नहुने प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले बोलाएको बैठकमा विपक्षी दल रास्वपाले सहभागी नहुने जनाएको छ । रास्वपा प्रवक्ता मनिष झाले आफूहरु प्रचण्डले बोलाएको बैठकमा सहभागी नहुने बताए । उनले भनेका छन्, ‘आजको गम्भीर र असामान्य अवस्थामा हाम्रो प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा विशेष समय ः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा विशेष समय ः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार
दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार
महाकुम्भबाट फर्किने क्रममा जिप दुर्घटना, पाँच नेपालीको मृत्यु
महाकुम्भबाट फर्किने क्रममा जिप दुर्घटना, पाँच नेपालीको मृत्यु
कांग्रेसका मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए
कांग्रेसका मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए
जनकपुरले जित्यो ‘एनपिएल’को पहिलो उपाधि
जनकपुरले जित्यो ‘एनपिएल’को पहिलो उपाधि
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द