२६ भाद्र २०८२, बिहीबार

बालेन शाहको स्टाटस : “केपी ओली इज टेरोरिस्ट”

२४ भदौ, काठमाडौं ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेरोस्टिको संज्ञा दिएका छन् । उनले मध्यरातमा आज स्टाटस लेख्दै प्रधानमन्त्री ओलीलाई भरौटेहरुको मात्रै बा भएको र बुवा नबनेको कारण नै छोराछोरीको मृत्युको पीडा ओलीले नबुझेको भनेर आक्रोश पोखेका छन् । आज जेन-जी पुस्ताको आन्दोलनमा १९ जना नागरिकको ज्यान गएको घट्नाबारे बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले आजको जस्तो आतंकवाद विश्वले कहिल्यैपनि नदेखेको स्मरण गराएका छन् । उनले प्रधानमन्त्री ओलीलाई आतंकवादी भन्दै मान्छे बन्न नसकेको भनेका छन् ।

यस्तो छ बालेनको स्टाटस ः

तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Post Comment