बालेन शाहको स्टाटस : “केपी ओली इज टेरोरिस्ट”

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
४० पटक हेरिएको
Shares
बालेन शाहको स्टाटस : “केपी ओली इज टेरोरिस्ट”

सारांश

  • काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेरोस्टिको संज्ञा दिएका छन् ।
  • उनले मध्यरातमा आज स्टाटस लेख्दै प्रधानमन्त्री ओलीलाई भरौटेहरुको मात्रै बा भएको र बुवा नबनेको कारण नै छोराछोरीको मृत्युको पीडा ओलीले नबुझेको भनेर आक्रोश पोखेका छन् ।
  • आज जेन-जी पुस्ताको आन्दोलनमा १९ जना नागरिकको ज्यान गएको घट्नाबारे बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

२४ भदौ, काठमाडौं ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेरोस्टिको संज्ञा दिएका छन् । उनले मध्यरातमा आज स्टाटस लेख्दै प्रधानमन्त्री ओलीलाई भरौटेहरुको मात्रै बा भएको र बुवा नबनेको कारण नै छोराछोरीको मृत्युको पीडा ओलीले नबुझेको भनेर आक्रोश पोखेका छन् । आज जेन-जी पुस्ताको आन्दोलनमा १९ जना नागरिकको ज्यान गएको घट्नाबारे बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले आजको जस्तो आतंकवाद विश्वले कहिल्यैपनि नदेखेको स्मरण गराएका छन् । उनले प्रधानमन्त्री ओलीलाई आतंकवादी भन्दै मान्छे बन्न नसकेको भनेका छन् ।

यस्तो छ बालेनको स्टाटस ः

तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?