गृहमन्त्री लेखकले राजीनामा दिने: कांग्रेसको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
२२ पटक हेरिएको
Shares
गृहमन्त्री लेखकले राजीनामा दिने: कांग्रेसको निर्णय

सारांश

  •   जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भएका छन्।
  • कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो।
  • ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए।

२३ भदौ, काठमाडौं। 

जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भएका छन्। कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो। ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए। घटनाको जिम्मेवारी लिँदै लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, अब उहाँको राजीनामा आउँछ,’ कांग्रेसका एक पदाधिकारीले भने। जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ।

काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ। अढाई सयभन्दा बढी घाइते भएका छन्। बानेश्वरको संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए। देशभर भएको जेन जीको प्रदर्शनमा सरकारी दमनमा परेर २० जनाको ज्यान गएको छ। काठमाडौँमा मात्रै १८ जनाको ज्यान गएको छ। जसमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जना निधन भएको अस्पताल प्रशासनले जनाएको छ।  यीमध्ये ५ जनाको पहिचान भएको छ। ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो।

गम्भीर घाइते अवस्थामा ल्याइएका उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो। मृतकमध्ये बाँकी तीनजनाको अझै सनाखत हुन सकेको छैन। यसैगरी, काठमाडौं मेडिकल कलेजमा मृत्यु भएकामध्ये शौरभ किशोर श्रेष्ठ र सुवास पोखरेलको पहिचान भएको छ। बाँकी १२ जनाको अझै सनाखत भइसकेको छैन। काठमाडौँका नयाँ बानेश्वरस्थित सिभिल, एभरेस्ट, सिनामंगलमा रहेको केएमसी अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल र ललितपुरको पाटन अस्पतालमा पनि घाइतेको उपचार जारी छ।काठमाडौँका विभिन्न अस्पतालमा २५६ बढी घाइतेको उपचार जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
लुम्बिनीमा को–को बने मन्त्री ? (सूचीसहित)
लुम्बिनीमा को–को बने मन्त्री ? (सूचीसहित)
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखापर्दिनँः गृहमन्त्री लेखक
मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखापर्दिनँः गृहमन्त्री लेखक