इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
४१ पटक हेरिएको
Shares
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु

सारांश

  • इजरायली कब्जा बलले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा हवाई आक्रमण गर्दा १४ जना प्यालेस्टिनीको मृत्यु हुनुको साथै घाइते भएको चिकित्सा स्रोतले जनाएका छन् ।
  • गाजास्थित आवासीय अपार्टमेन्टमा इजरायली लडाकु विमानले बम प्रहार गर्दा तीन जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ ।
  • रामल्लामा इजरायली सेनाले विस्थापित प्यालेस्टिनीको शिविरमा गोलाबारी गर्दा तीन जनाको मृत्यु हुनुका साथ अन्य धेरै घाइते भएका छन् ।

२० भदौ, इजरायल ।

इजरायली कब्जा बलले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा हवाई आक्रमण गर्दा १४ जना प्यालेस्टिनीको मृत्यु हुनुको साथै घाइते भएको चिकित्सा स्रोतले जनाएका छन् ।

गाजास्थित आवासीय अपार्टमेन्टमा इजरायली लडाकु विमानले बम प्रहार गर्दा तीन जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ । रामल्लामा इजरायली सेनाले विस्थापित प्यालेस्टिनीको शिविरमा गोलाबारी गर्दा तीन जनाको मृत्यु हुनुका साथ अन्य धेरै घाइते भएका छन् । आवासीय भवनमा भएको अर्को हवाई आक्रमणमा एक जनाको मृत्यु हनुका साथै अन्य केही घाइते भएको जनाइएको छ  ।

गाजा सहरको दक्षिणमा ताल अल हवा र साब्राका घरमा भएको इजरायली हवाई आक्रमणमा थप पाँच प्यालेस्टिनीको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् । अर्को छुट्टै आक्रमणमा, इजरायली ड्रोनले सहरको पश्चिममा विस्थापितको शिविरलार्ई निशाना बनाइ गरेको आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् । हाल गाजा सहर कब्जा गर्ने इजरायली सेनाले घोषणा गरेको अभियानको दोस्रो चरणको रूपमा तीव्र आक्रमण भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा : राष्ट्रपति
महायज्ञको उद्घाटन गर्न गहनानक्षेत्र जाँदै सभापति देउवा
महायज्ञको उद्घाटन गर्न गहनानक्षेत्र जाँदै सभापति देउवा
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
आईपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
आईपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल
मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो
सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो
सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो