२६ भाद्र २०८२, बिहीबार

दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ

२० भदौ, काठमाडौं ।

दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर–६  गोखौराका १८ वर्षीय बसन्त परियार, सोही ठाउँका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ वर्षीय जीवन विक छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । तुलसीपुरका डीएसपी अनिल ठकुरीकाअनुसार १९ भदौमा तुलसीपुर–६ को महेन्द्र मावि पछाडिको चौरमा खसी कप फुटबल प्रतियोगिता भएको थियो । श्री सेन्टर माविका विद्यार्थीले फुटबल खेल्ने क्रममा विनोद विक र वसन्त परियारबीच आपसमा झगडा भएको थियो ।

खेल सकिएपछि वसन्त परियार समूहका मान्छेले राति साढे १० बजेतिर स्याउलीबजार स्थित बाटोमा अर्को समूहका व्यक्तिलाई खुकुरी प्रहार गरेको आरोप छ ।खुकुरी प्रहारबाट आयुष विक, विनोद विक, प्रवेश योगी घाइते भएका छन् । घाइते आयुष र विपिनको नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा उपचार भएको छ । खुकुरी प्रहार गरी रक्षाचौरस्थित जंगलमा लुकेको अवस्थामा पक्राउ परेकाहरूबाट प्रहरीले १ थान खुकुरी, खुकुरीको दाप र फुटेको हेल्मेट बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment