सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन सत्ता पक्षकै नेताको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
४० पटक हेरिएको
Shares
सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन  सत्ता पक्षकै नेताको माग

सारांश

  • नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् ।
  • उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् ।

२० भदौ, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिबद्धताअनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ ।’ यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, ‘यो सरकारले अन्दाज लगाउन सक्छ ? यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु ।’ सरकारको निर्णयका कारण कैयौँ नेपालीको रोजिरोटी खोसिने भन्दै उनले उक्त कदम तरुन्त सच्याउन माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका सई पक्राउ
सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका सई पक्राउ
भारतको बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
भारतको बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा गराए उम्मेदवारी दर्ता
विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा गराए उम्मेदवारी दर्ता
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर
कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर
प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौंः मन्त्री सिंह
प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौंः मन्त्री सिंह
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै
नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ