आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३१, २०८२
|
|
३१ पटक हेरिएको
Shares
आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित

सारांश

  • भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल दुई मिनेटमै स्थगित भएको छ ।
  • प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान साढे १० बजेका लागि बोलाइएको थियो ।
  • तर, समितिको बैठक सुरु भए लगत्तै स्थगित हुन पुगेको छ ।

३१ साउन, काठमाडौं ।

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल दुई मिनेटमै स्थगित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान साढे १० बजेका लागि बोलाइएको थियो । तर, समितिको बैठक सुरु भए लगत्तै स्थगित हुन पुगेको छ । बिहान साढे १० बजे वरिपरि नै सांसदहरू जम्मा भएका थिए । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि समयमै उपस्थित भए । मन्त्री र सांसदहरु एक घण्टा आन्तरिक छलफलमा रहे । आन्तरिक छलफलबाटै भूमिमन्त्री अधिकारी बाहिरिए ।

भूमिमन्त्री बलाराम अधिकारी करिब एक घण्टा आन्तरिक छलफलमा रहेर निस्किए । मन्त्री निस्किएपछि समितिको औपचारिक बैठक सुरु भयो । समिति सभापति कुशुमदेवी थापाले विधेयकको प्रतिवेदन तयार भएको र आन्तरिक छलफलमा थप अध्ययन गर्न समय चाहिने भनिएको स्मरण गरिन । थप अध्ययनपछि अर्को बैठक बस्ने बताइन् । समितिका सचिव शिवदत्त बरालले प्रतिनिधि सभाको बैठक भदै ४ गते रहेको र त्यसकै वरिपरि अर्को बैठक बस्न सकिने बताए । त्यसपछि सभापति थापाले बैठक स्थगित भएको जानकारी गराइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषिमन्त्री अधिकारीको वर्ष दिनः रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल
कृषिमन्त्री अधिकारीको वर्ष दिनः रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल
धादिङ बस दु*र्घटना हुँदा १८ जनाको मृ*त्यु
धादिङ बस दु*र्घटना हुँदा १८ जनाको मृ*त्यु
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
प्रतिपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित
प्रतिपक्षीको अवरोधपछि संसद् बैठक भोलिसम्मलाई स्थगित
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
२४ दिनमै मधेसका महत्त्वपूर्ण ३ पद गुमाएको एमालेले आज किन दिँदैछ आफ्नै सरकार ढाल्ने कृष्ण यादवलाई विश्वासको मत?
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
आशिका तामाङलाई पाँच दिन कैद सजाय
आशिका तामाङलाई पाँच दिन कैद सजाय
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपति माइकलबीच भेटर्वाता।
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा