माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
१६ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ। पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार सुरु बैठक आज दोस्रो दिनमा प्रवेश गरेको हो। बैठक केही बेरअघि अर्थात् बिहान ११ बजेपछि सुरु भएको हो। बैठकमा आज स्थायी समिति सदस्यहरूले प्रस्तुत एजेन्डाका विषयमा आफ्ना धारणा राख्नेछन्।
माओवादी स्थायी समितिमा पदाधिकारीसहित ४६ सदस्य छन्। बैठकको पहिलो दिन शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले समसामियक राजनीतिक विषयमा ब्रिफिङ गर्दै केन्द्रीय समितिको बैठक असोज तेस्रो साता राख्ने प्रस्ताव गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment