मधेशमा डिपबोरिङ जडान सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
६८ पटक हेरिएको
Shares
मधेशमा डिपबोरिङ जडान सुरु

सारांश

  •   लामो समयदेखि आकासे पानी नपरेपछि मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ ।
  • प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका प्रत्येक वडामा एउटाका दरले डिपबोरिङ जडान गर्ने योजना ल्याइएको हो ।
  • ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले आवश्यकता तथा प्राथमिकताका आधारमा विस्तारै डिपबोरिङ जडान गरेर पानीको समस्या समाधान गर्ने प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन सुरु गरेको जानकारी दिनुभयो ।

११ साउन, काठमाडौं । 

लामो समयदेखि आकासे पानी नपरेपछि मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ । प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका प्रत्येक वडामा एउटाका दरले डिपबोरिङ जडान गर्ने योजना ल्याइएको हो ।

ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले आवश्यकता तथा प्राथमिकताका आधारमा विस्तारै डिपबोरिङ जडान गरेर पानीको समस्या समाधान गर्ने प्रदेश सरकारले योजना बनाएर कार्यान्वयन सुरु गरेको जानकारी दिनुभयो । अहिले प्रदेशको सहरी तथा ग्रामीण क्षेत्रमा खानेपानीको समस्या विकराल बन्दै गएकाले सिँचाइ भन्दा खानेपानीलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।  मधेश प्रदेश सरकारको सीमित स्रोतसाधनका बाबजुद आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर डिपबोरिङ जडान अगाडि बढाइएको मन्त्री यादवले बताउनुभयो । खानेपानी तथा सिँचाइको समस्याबाट ग्रसित जनताले सो मन्त्रालयसमक्ष विभिन्न वडा तथा टोलमा खानेपानीको समस्या रहेको भन्दै बोरिङ जडानको माग गरेका मन्त्रालयले जनाएको छ ।

खडेरीको चपेटामा परेको मधेशलाई प्रदेश सरकारले सुख्खाक्षेत्र घोषणा गरिसकेको छ भने सङ्घीय सरकारले पनि तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । साथै प्रदेश सरकारले खानेपानी अभाव क्षेत्रमा ट्याङ्कर तथा दमकलबाट निःशुल्क रूपमा पानी वितरण गरिरहेको छ । यसैबीच मधेश प्रदेश सरकारको डिपबोरिङ जडान गर्ने योजनाअनुसार धनुषाको मिथिलाविहारी नगरपालिका–२ स्थित परशुराम तलाउ क्षेत्रमा पहिलो चरणको जडान सुरु भएको मन्त्री यादवले जानकारी दिनुभयो । मन्त्रालयअन्तर्गत भूमिगत सिँचाइ कार्यालय जलेश्वर, भूमिगत सिँचाइ कार्यालय लहान, भूमिगत सिँचाइ कार्यालय कर्मेया (सर्लाही), तथा भूमिगत सिँचाइ कार्यालय वीरगञ्जमार्फत डिपबोरिङ निमार्ण गरिने उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार ती कार्यालयले मधेश प्रदेशका आठ जिल्लामध्ये दुई/दुईवटा जिल्लामा डिपबोरिङ जडान तथा निमार्ण गर्दै आएका छन् ।  सङ्घीय सरकारको मातहतमा रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहाले गत आर्थिक वर्षदेखि सिँचाइका साथै डिपबोरिङ जडान सुरु गरेको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो । धनुषा तथा सिरहा कार्यक्षेत्र रहेको सो कार्यालयबाट जडान गरिएका डिपबोरिङबाट केही हदसम्म सिँचाइ तथा खानेपानीको समस्या समाधान भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ परेका मिलनले गरे बुवा र भाइको हत्या गरेको स्वीकार
पक्राउ परेका मिलनले गरे बुवा र भाइको हत्या गरेको स्वीकार
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
जेन-जी आन्दोलन : शिक्षण अस्पतालमा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे
पत्रकार महासंघ चुनाव : चौतारी र युनियनबीच गठबन्धन
पत्रकार महासंघ चुनाव : चौतारी र युनियनबीच गठबन्धन
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
महोत्तरीका एक वार्ड अध्यक्ष मृत फेला
महोत्तरीका एक वार्ड अध्यक्ष मृत फेला
कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना
कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना
फ्रान्समा बजेट कटौतीविरुद्ध लाखौं मानिस सडकमा, ८० हजार प्रहरी तैनाथ
फ्रान्समा बजेट कटौतीविरुद्ध लाखौं मानिस सडकमा, ८० हजार प्रहरी तैनाथ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ