कृषिमन्त्री अधिकारीको वर्ष दिनः रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
३१ पटक हेरिएको
Shares
कृषिमन्त्री अधिकारीको वर्ष दिनः रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल

सारांश

  •   कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताउनुभएको छ ।
  • मन्त्री बनेको एक वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताउनुभएको हो ।
  • उहाँले रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधी संशोधन गरिएको जानकारी दिनुभयो ।

५ साउन, काठमाडौं । 

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताउनुभएको छ ।मन्त्री बनेको एक वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको बताउनुभएको हो । उहाँले रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधी संशोधन गरिएको जानकारी दिनुभयो ।

यसबाट रासायानिक मल आपूर्ती तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा गरेको उहाँले बताउनु भयो । अनुदानको मल वितरण कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन मल व्यवस्थापन सूचना प्रणाली तयार गरी कार्यान्वयनमा ल्याइएको बताउनु भयो । विगत ७ वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरुको समायोजन अनुसारको संगठन संरचनामा आवश्यक सुधार गरी  १२९ नयाँ दरबन्दी थप गरि संगठन सुदृढ तथा व्यवस्थापन गरिएको पनि बताउनु भयो । कृषि तथा पशुपंक्षी बीमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको बताउनु भयो । मन्त्री अधिकारीले कृषि क्षेत्रको एकीकृत कानूनको रुपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भइ मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको र पशु कल्याण ऐनलाई पनि अन्तिम रुप दिइएको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘विगत लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको छ ।

जसमा रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधी संशोधन गरिएको छ । यसबाट रासायानिक मल आपूर्ती तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको छु । अनुदानको मल वितरण कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन मल व्यवस्थापन सूचना प्रणाली तयार गरी कार्यान्वयनमा ल्याइएको छ । विगत ७ वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरुको समायोजन अनुसारको संगठन संरचनामा आवश्यक सुधार गरी  १२९ नयाँ दरबन्दी थप गरि संगठन सुदृढ तथा व्यवस्थापन गरिएको छ । बीउ विजन नियमावली, २०८१ स्वीकृत भई  कार्यान्वयनमा आएको छ । कृषि तथा पशुपंक्षी बीमा डिजिटल प्रणालीमा आधारित हुनेगरी कार्यान्वयनमा ल्याइएको छ । कृषि क्षेत्रको एकीकृत कानूनको रुपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भइ मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको छ । त्यसैगरी पशु कल्याण ऐनलाई पनि अन्तिम रुप दिइएको छ ।’मन्त्री अधिकारीले रैथाने बालीको संरक्षण,प्रवद्र्धन एंव प्रचार प्रसार गर्न साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको पनि बताउनु भयो । बीउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतीपत्र नवीकरण,प्रमाणीकरण लगायतका कार्य अनलाइनमार्फत सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाईएको बताउनु भयो ।

गत मंसिरदेखि केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँच वटा पशुपंक्षी रोग प्रयोगशालाहरुमा ल्याबरेटोरी ईन्फ्रमेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएको बताउनु भयो । मन्त्री अधिकारीले भन्नुभयो, ‘ रैथाने बालीको संरक्षण,प्रवद्र्धन एंव यसको महत्वको प्रचार प्रसार गर्न मन्त्रालयको प्रश्तावमा मन्त्री परिषद्को बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको छ । यसअघि हिमाली क्षेत्रको आनुवंशिक स्रोत तथा दुर्लभ हँुदै गएको याकको संरक्षणका लागि वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने घोषण गरी पहिलो राष्ट्रिय याक दिवस मनाइएको छ । बीउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतीपत्र नवीकरण,प्रमाणीकरण लगायतका कार्य अनलाइनमार्फत सञ्चालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाईएको छ । गत मंसिरदेखि केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँच वटा पशुपंक्षी रोग प्रयोगशालाहरुमा ल्याबरेटोरी ईन्फ्रमेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएका छन् ।’ मन्त्री अधिकारीले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल
नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल
हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा
हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा
निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग
निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जारी, धवलशम्शेर पक्षको बहिष्कार
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो
क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो